Madhes Khabar
राजनीति

आफ्ना नेताहरूलाई २४ घण्टाभित्र रिहा नगरिए देशभर आन्दोलन गर्ने राप्रपाकाे चेतावनी

काठमाडौं,१६चैत: राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पक्राउ परेका आफ्ना शीर्ष नेताहरुलाई २४ घण्टाभित्र रिहा नगरिए देशभर आन्दाेलन गर्ने चेतावनी दिएको छ।

काठमाडौंमा शनिबार बसेकाे राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई २४ घण्टे अल्टिमेट दिएको छ।बैठकले शुक्रबार राजावादीको प्रदर्शनमा भएका घटनाको छानबिन गर्न मागपनि गरेको छ।

बैठकले उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई २४ घण्टाभित्र बिनासर्त रिहा गर्न अल्टिमेटम दिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। आफ्ना नेताहरूलाई रिहा नगरिए देशभर विरोधका कार्यक्रमहरू गर्ने र त्यसलाई आन्दोलनका रूपमा उठाएर लैजाने उनले बताए।

बैठकले राजावादीको प्रदर्शनका क्रममा भएको घटना सरकारकै कारणले निम्तिएको निष्कर्ष निकालिएको उनले बताए। शुक्रबारको प्रदर्शनमा सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको र हिंसा भड्काउन उद्धत रहेको लिङ्देनले बताए। उनले शान्तिपूर्ण सभा चलिरहेको स्थानमा सुनियोजित रूपमा अश्रुग्यास प्रहार भएपछि घटना घट्न पुगेको जिकिर गरे।

 

बैठकले शुक्रबार भएको घटनामा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्न पनि माग गरेको छ। अध्यक्ष लिङ्देनले सरकारले शुक्रबारको घटनामा सुरक्षा दिन नसकेको धारणा राखे। बैठकले यस घटनालाई लिएर पूर्वराजालाई राजनीतिमा तान्ने काम रोक्न अपीलसमेत गरेको छ।

Related posts

जसपाको चुनावी समीक्षाः निराशाजनक परिणामका १० कारण

MadhesKhabar

राष्ट्रियसभाको उपाध्यक्ष पदबाट उर्मिला अर्यालले दिइन् राजीनामा

MadhesKhabar

ठाकुरराम क्याम्पसमा १६ बर्षपछि भयाे स्ववियु चुनाव ,खस्याे ४० प्रतिशत मत

MadhesKhabar

Leave a Comment