Madhes Khabar
राजनीति

वीरगन्जमा जनमत पार्टीको चुनावी गतिविधि तिब्र, तत्वा टोलका ३० जनाले गरे पार्टी प्रवेश

वीरगन्ज,१९पुसःपर्साको निर्वाचन क्षेत्र नमबर १ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २१ को तत्वा टोलमा आयोजित जनमत पार्टीको कार्यक्रममा ३० जना जनमत पार्टीमा प्रवेश गरेका छन् ।

तत्वा टोलमै आयोजित कार्यक्रममा करिब ३० जना महिला र युवतीहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए । उक्त कार्यक्रममै इन्द्रावती कुशवाको नेतृत्वमा २१ सदस्यीय महिला बुथ समिति गठनपनि गरिएको उनले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष तथा पर्सा–१ बाट उम्मेदवारमा सिफारिस गरिएका सरार्फले अबको एक मात्र विकल्प जनमत पार्टी नै रहेको बताए । देश र मधेसको निकाश र विकासको स्पष्ट मार्गचीत्र जनमत पार्टीसंग मात्रै रहेको दाबी उनले गरे।

कार्यक्रममा जनमत पार्टीका नेताहरू विद्यालाल प्रसाद, विजय पासवान,निराजन कुशवाहा, विष्णु कुष्शवाहा,सहनबाज राकी, रामबाबु ठाकुर लगायतकाको पनि उपस्थिति रहेको थियो।

Related posts

पक्राउ पुर्जीपछि देउवाले भने : ‘मेरो परिवारका सम्पत्तिसम्बन्धी भ्रामक र झुटा प्रचारबाजी भयो’

MadhesKhabar

विशेष महाधिवेशनबाट कांग्रेसकाे नयाँ नेतृत्व चयन :सभापतिमा गगन थापा, अरु पदाधिकारीमा काे काे ?

MadhesKhabar

प्रदीप यादवको समर्थनमा वडाध्यक्ष महबुब एलाहीको नेतृत्वमा बहुअरीमा एमालेको घरदैलो

MadhesKhabar

Leave a Comment