Madhes Khabar
समाचार

पर्सामा बिजुली चोरी गर्ने ६ जना पक्राउ

प्रमोद यादव
पर्सा,२५ मंसिर : पर्साको ग्रामीण भेगका विभिन्न् गाँउबाट नेपाल विद्युत प्राधिकरणको टोलीले विद्युत चोरी गरि प्रयोग गर्ने ६ जनालाइ पक्राउ गरेको छ ।नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथमा खटिएको विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले शनिबार राति विभिन्न गाँउबाट ६ जनालाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिकाको कटिबलुवाका कृष्ण दास र मन्तुराम साह, जगरनाथपुर गाउँपालिकाको झखरा टोलका ब्रहदेव यादव,रामनारायण प्रसाद यादव र डेकन यादव तथा पटेर्वासुगौली गाउँपालिकाको निचुटाका राजवंशी मुखिया विन रहेका छन् ।

पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय पोखरीयाको जिम्मा लगाएर कारबाही प्रकृया अगाडि बढाइएको विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रका प्रमुख जगन्नाथ झाले जानकारी दिए ।

Related posts

पर्साको बलुवामा आगलागी हुदाँ नगद ६ लाख रकमसहित लाखौँको धनमाल नष्ट

MadhesKhabar

पर्साबाट आँफै सरुवा मागेर गृह मन्त्रालयमा गएका अर्याल बने चितवनकाे सीडीओ

MadhesKhabar

पर्साकाे रामनगरीमा १७ वर्षिया किशाेरी मृत अवस्थामा फेला

MadhesKhabar

Leave a Comment