Madhes Khabar
समाचार

पर्साकाे रामनगरीमा १७ वर्षिया किशाेरी मृत अवस्थामा फेला

सांकेतिक फोटो ।

वीरगन्ज,१७कार्तिक:पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा एक किशाेरी मृत भेटिकी छन्।रामनगरीस्थित पोखरीमा घोप्टो परेको अवस्थामा किशोरीको शव भेटिएको हो ।

उक्त शव स्थानीय रामबाबु सहनीकी १७ वर्षीया छोरी निजिमा कुमारी सहनीको रहेको प्रहरीले जनाएको छ।

शनिबार बिहान पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमका लागी वीरगन्जको नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

Related posts

वीरगन्जको हरपतगन्जबाट गाँजासहित ४ जना पक्राउ

MadhesKhabar

बहुदरमाइ नगरपालिकाबाट २४० केजी गाजा बरामद

MadhesKhabar

नेविसंघ पर्साको अध्यक्षमा ईन्जिनियर यादव मनोनित

MadhesKhabar

Leave a Comment