Madhes Khabar
खेलकुद

चोटका कारण ब्राजिलका दुई खेलाडी विश्वकपबाट बाहिर

वीरगन्ज ,१८ मंसिर : ब्राजिलियन फरवार्ड गाब्रियल जेसस र डिफेन्डर एलेक्स टेलासले फिफा विश्वकप २०२२ का बाँकी खेल खेल्न नसक्ने भएका छन्।

समूह चरणमा क्यामरुनसँग १-० गोलले पराजित भएको खेलमा ब्राजिलका दुवै खेलाडी घाइते भएका थिए। दुवैको दायाँ घुँडामा चोट लागेको थियो।

ब्राजिलियन फुटबल एसोसिएनले दुवै खेलाडीले फिफा विश्वकप २०२२ का बाँकी खेल खेल्न असम्भव भएको बताएको छ।

ब्राजिलले अन्तिम १६ को खेलमा सोमबार राति दक्षिण कोरियासँग खेल्दैछ।

Related posts

विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका २ खेलाडीलाई माेटरसाइकल दिने मेयर सिंहको घोषणा

MadhesKhabar

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने आसिफ र आरिफलाई वीरगन्ज–१० का वडाध्यक्ष कानुले गरे सम्मानित

MadhesKhabar

परवानीपुर गाेल्डकप फुटबलमा राेमन फुटबल क्लब सर्लाहीकाे विजयी सुरुवात

MadhesKhabar

Leave a Comment