
मधेसखबर
वीरगन्ज,१५ मंसिर : वीरगन्जमा फेरि भन्सार र बिलबिजक भन्दा बढि मालसमान रहेको एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले वीरगन्जको नमस्ते ट्रान्सपोर्टबाट मालसमान लिएर रौतहटको गौर जादै गरेको प्रदेश २–०३–००१ ख ३६९४ नम्बरको ट्रक बुधबार राति घण्टाघर चोकबाट नियन्त्रणमा लिएको हो ।
मङगलबार राति ट्रक रोकेर जाँच गर्ने क्रममा नमस्ते ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिइएको र ट्रकमा ५६ लाख ८७ हजार ५३८ रुपैया मुल्यको खुद्रा तथा औषधीजन्य सामाग्रीहरू फेला परेको प्रहरीले जनाएको छ ।
सामान सहितको ट्रक अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बिहबिार बुझाइएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए।

