Madhes Khabar
स्थानिय

जंगली हात्तीको आक्रमणबाट पर्सामा एक जनाको मृत्यु

फाइल तस्बिर।

वीरगन्ज,१४जेठ:पर्सा राष्ट्रिय निकुन्जमा कुरिलो टिप्न गएका एक जनाको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

 

जेठ ९ गते पर्साकाे पटेर्वासुगौली गाउँपालिका–१ रामभौरी नजिकै रहेको सितलपुर जंगलमा मकवानपुर मनहरी गाउँपालिका–२ का ६१ वर्षीय श्यामबहादुर भुलन, ६० वर्षीय भक्तबहादुर आले र ५१ वर्षीय श्रवण भुलनसमेत गरी ३ जना कुरिलो खन्न गएका थिए । त्यसैबेला अचानक जंगली हात्ती आई श्यामबहादुर भुलनमाथि आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।

बाँकी दुई जना ज्यान जोगाउन सफल भएको घटनाबारे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा मंगलबार जानकारी प्राप्त भएको थियो ।

 

घटनास्थलमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा प्रहरी टोली खटिएको थियो । प्रहरीले घटनास्थलमा मुचुल्का लगायतका कार्यहरू गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा पठाएर थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

Related posts

वक्तृत्वकला प्रतियोगितामा विजयबस्ती माविका बजगाँई प्रथम

MadhesKhabar

विपी स्मृति दिवसमा वीरगन्जको बगहीमा वृक्षारोपण

MadhesKhabar

वीरगन्जमा दशैंका बेला कोठा फोडेर १० लाखको गरगहना चोरी गर्ने दुई चोर पक्राउ

MadhesKhabar

Leave a Comment