Madhes Khabar
राष्ट्रिय

पैसा बाँड्दै गरेकाे अवस्थामा एमालेका उम्मेदवार सहित ३ जना पक्राउ

वीरगन्ज,०२ मंसिर : मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौंका प्रतिनिधिसभा निर्वाचन ५ अन्तर्गतको प्रदेशसभा (२) का एमाले उम्मेदवार दीपक निरौला सहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रदेश सभा सदस्य निरौला सहित बूढानीलकण्ठ नगरपालिका– ६ का वडाध्यक्ष रवि खड्का र एमालेको बूढानीलकण्ठका नगरअध्यक्ष प्रदीप डंगोल छन् ।
शुक्रबार साँझ हात्तीगौंगास्थित युरो स्कुलनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई प्रहरी प्रभाग बूढानीलकण्ठमा राखिएको छ ।

उनीहरूले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं– ५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । निरौला एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्षसमेत हुन् ।साभार: नयाँपत्रिका

Related posts

क्रसर उद्योगहरु खाेल्न दिने सरकारकाे निर्णय

MadhesKhabar

माओवादी जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारकाे निर्णय सर्वाेच्च अदालतद्वारा बदर

MadhesKhabar

बझाङमा आधा घण्टामा दुई पटक भुकम्प,क्षतिको विवरण भने आउन बाँकी

MadhesKhabar

Leave a Comment