Madhes Khabar
राष्ट्रिय

ओली र लेखकलाई थुनामै राखेर अनुसन्धान गर्न अदालतबाट ५ दिनकाे म्याद थप

काठमाडौँ,१५चैत: एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई ५ दिन थुनामा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको छ ।

न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले बयान बाँकी नै रहेको आधार देखाउँदै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई ५ दिनका लागि प्रहरी हिरासतमा राख्ने अनुमति प्रदान गरिएको जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो ।

उनीहरूलाई आज अदालत उपस्थित गराइएको थियो । लेखकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो भने अस्पतालमा रहेका ओलीलाई भर्चुअल रूपमा उपस्थित गराइएको थियो । साभार:कान्तिपुर

Related posts

दरबार हत्याकाण्डको २३ वर्ष पूरा,घटना अझै रहस्यमै

MadhesKhabar

काठमाडौंको सडकमा २ महिनासम्म धर्ना बस्दापनि सरकारले सुनेन मधेसका पिडितको आवाज

MadhesKhabar

चीनीया नेता लि भोलि नेपाल आउदै , गोप्य भेटघाट वा अवाञ्छित गतिविधि नगर्न चेतावनी

MadhesKhabar

Leave a Comment