Madhes Khabar
राजनीति

जितेन्द्र सोनलको समर्थन गर्दै मतदाताहरु नै प्रचार प्रसारमा जुटे

मधेसखबर
वीरगन्ज, २९ कार्तिक : बारा क्षेत्र नम्बर ४ को (ख) मा पाँच दलीय गठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवार जितेन्द्र सोनलको चुनावी घरदैलोका क्रममा मतदाताहरु नै स्वस्फूर्त रुपमा सहभागी भइरहेका छन् ।मधेस प्रदेशका पूर्वमन्त्री समेत रहेका सोनलले घरदैलोका क्रममा मतदातलाई भेट्न गाँउ गाँउ पुग्दा मतदाताहरु नै उनको प्रचार प्रसारमा जुट्ने गरेका हुन् ।

मङगलबार प्रसौनी गाँउपालिका वडा नम्बर १ मा पर्ने नकटुवा , प्रसौनी बजार र अहिरवा टोलमा घरदैलोका क्रममा पुग्दा सोनललाई स्थानीय मतदाताले समर्थन गर्दै स्वागत गरे । सोनलले पाँच वर्षको कार्यकालमा गरेका कामले उनी विकास प्रेमी नेता भएको भन्दै मतदाताहरुले यसपालि फेरि सोनलको जित पक्का भएको प्रतिक्रिया समेत दिए ।

त्यसक्रममा लोसपाका मधेस प्रदेश अध्यक्ष समेत रहेका सोनलले आफु जनताको माझमा रहने व्याक्ति भएकाले आफु नेता नभइ जनताको सेवक भएको बताए । बारा ४ (ख)का जनताले आफु माथि गरेको भरोसालाई आफुले सदैव ध्यान दिएर अगाडि बढेको भन्दै सोनलले यसपालि फेरि अवसर पाए क्षेत्रको विकासमा तल्लीन भएर लाग्ने वाचा पनि गरे ।

घरदैलो कार्यक्रममा लोसपा , नेपाली काँग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरुको पनि सहभागीता रहेको लोसपाका युवा नेता रमेश सर्राफले जानकारी दिए ।

Related posts

जेनजी अगुवा सुदन गुरुङले घरमै पसेर फेरि जलाइ दिने धम्की दिएको भन्दै किसान श्रेष्ठले मागे सुरक्षा

MadhesKhabar

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित

MadhesKhabar

वीरगन्ज आएर पूर्वप्रधानमन्त्री नेपालले भने : गठबन्धन सरकार पाँच वर्षसम्म टिक्छ

MadhesKhabar

Leave a Comment