Madhes Khabar
राजनीति

स्वतन्त्र उम्मेद्वार रुपेशमानको चुनावी घरदैलो निरन्तर

मधेसखबर
वीरगन्ज, २९ कार्तिक : पर्सा क्षेत्र नम्बर २ को (ख) का प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्वर १० अशोकवाटीका र घडिअर्वामा मंगलबार मतदाताले देखाएको स्वागत सद्भावले उनीप्रतिको लोकप्रियता बढ्दै गएको देखिएको हो ।

स्वतन्त्र उम्मेद्वार सिंहलाई घडिअर्वाका मतदाताले फुलमाला, अबिर लगाएर स्वागत गरे ।स्वतन्त्र उम्मेद्वार सिंहप्रति मतदाताको भरोसा बढ्नुका साथै सिंहको लोकप्रियता बढ्दै जानुले उनको जित कसैले रोक्न नसक्ने यहाँका मतदाताहरु बताउँछन् ।

अहिले देशले नै परिवर्तन खोजिरहेका बेला यहाँ स्वतन्त्र उम्मेद्वार सिंहको विकल्प नभएको बताउँदै मतदाताहरुले सिंहलाई विजयीको आशिर्वाद दिँदै फुल माला लगाइदिएका थिए ।

अशोकवाटीमा मतदाताको घरदैलोमा पुगेर स्वतन्त्र उम्मेद्वार सिंहले मंसिर ४ गतेको निर्वाचनमा आफूलाई लालटेन छापमा मतदान गरेर विजयी बनाउन आग्रह गरे ।

घरदैलो अभियानमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

Related posts

बारा ४ मा किसान श्रेष्ठको लोकप्रियता बढ्दै

MadhesKhabar

चौरसिया र पटेललाई आशीर्वाद दिदै मतदाताले भने : जितेर लोकप्रिय काम गर्नु होला

MadhesKhabar

खानेपानी संस्थानको सदस्यमा मेयर सिंहसहित ४ जना नियुक्त, मन्त्रालयको सल्लाहकारमा यादव

MadhesKhabar

Leave a Comment