
मधेसखबर
वीरगन्ज , २१ कार्तिक : बारा क्षेत्र नम्बर ४ मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचार प्रसार अभियानलाई झन तिब्र पारेका छन् ।
पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णा बहादुर श्रेष्ठ किसान र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलले मतदाताको घरदैलो मै पुगेर भेटघाट , रोड शो र रात्रीसभा गरिरहेका छन् ।
प्रतिनिधीसभा सदस्य उम्मेदवार श्रेष्ठ र प्रदेशसभा सदस्य उम्मेदवार सोनलले सोमबार पनि पर्सा ४ को (ख) अन्तर्गत दक्षिणी भेगमा पर्ने विभिन्न वडामा पुगेर मतदातासंग भेटेका छन् ।
त्यसक्रममा दुवै उम्मेदवारले प्रतिगमनकारी एमाले र उसको मतियार बनेको जसपाबाट मधेस र देशलाई नै खतरा भएकाले जनताले चुनावमा उनिहरुलाई ब्यालेटबाट बहिष्कार गरेर जवाफ दिनु पर्ने बताए ।
पाँच दलीय गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गर्ने अनि मधेसको समृद्धि पनि गर्ने भएका कारण पाँच दलीय गठबन्धनलाई मत दिन आग्रह पनि उनिहरुले गरे ।

