वीरगन्ज,११माघःपर्साको पर्सागढी नगरपालिकामा रास्वपाको नगर पार्टी कार्यालय स्थापना गरि सञ्चालनमा ल्याइएको छ।बडनिहारमा स्थापना गरिएको रास्वपाको नगर पार्टी कार्यालय आइतबार रास्वपाका पर्सा–२ का उम्मेदवार सुशील कुमार कानुले उद्घाटन गरेका हुन्।
पार्टी कार्यालयको उद्घाटन गर्दै रास्वपा उम्मेदवार कानुले देशमा परिवर्तनको लहर सुरु भइसकेको बताए ।पहिलो पटक मधेसीको छोरा बालेन शाहलाई प्रधानमन्त्री बनाउन रास्वपाले उद्घोष गरिसकेकाले मधेसीमात्र नभइ देशभरका नेपाली जनता उत्साहित भएर रास्वपालाई प्रचण्डल बहुमतले जिताउने मनसाय बनाइसकेको बताए ।
पर्सा–२ मा पनि यसपालि परिवर्तनको लहर चलेको भन्दै कानुले आँफुले जनताको आशा र भरोसा कदापी टुट्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
नगर पार्टी कार्यालय उद्घाटन कार्यक्रममा रास्वपा पर्साकी कार्यवाहक सभापति तुलसा पौडेल,क्षेत्रीय उपसभापति शान्ति ढकाल, नगरसभापति कविराज अर्याल, उपसभापति सुनिल रायभर,सचिव सरफु आलम अन्सारी,कोषाध्यक्ष सम्झना कार्की, सदस्यहरु ध्रुब खड्का, रविराज यादव, धुरेन्द्र राम, महाराज सिद्धिकी,सनोज साह,केदार ठाकुर, धिरेन्द्र राउत,हरेराम राम लगायतकाकोपनि सहभागिता थियो ।

