Madhes Khabar
राजनीति

कामको मूल्यांकन गरेर फेरी एक पटक अवसर दिन लोसपा उम्मेदवार कुर्मीको आग्रह

मधेसखबर
वीरगन्ज,०५ कार्तिक : पर्साको क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । आफ्नो क्षेत्रका मतदातासँग भेटेर मत माग्ने क्रमलाई कुर्मीले निरन्तरता दिएका हुन् ।

निवर्तमान प्रदेशसभा सदस्य समेत रहेका उनी सत्तारुढ ५ दलीय गठबन्धनका पनि उम्मेदवार हुन् । कुर्मीले शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैया विर्ताका मतदातासँग भेटघाट गरेका छन् । आफु निर्वाचित भएको समयमा गरेको विकास निर्माणको कामको मूल्यांकन गरेर फेरी एकपटक अवसर दिन उनले मतदातासँग आग्रह गरेका छन् ।

अँझै गर्नुपर्ने धेरै काम बाँकी भएको हुँदा फेरी एकपटक अवसर दिलाएमा आफ्नो क्षेत्रको कायापलट गर्ने उनको भनाई छ । मतदातासँगको भेटघाटका क्रममा उनले आफ्ना योजनाहरु पनि सुनाइरहेका छन् । यसअघि अन्य स्थानका मतदातालाई पनि भेटीसकेका कुर्मीले अँझै पनि घरदैलोलाई निरन्तरता दिने बताएका छन् ।

आफु चुनावको बेला मात्रै नभएर अरु बेला पनि जनताको घरदैलोमा पुग्ने गरेको कुर्मीले बताए । घरदैलोमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता कार्यकर्तासँगै बाम गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्साको क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजय चौरसियासहित अन्य नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

 

 

Related posts

शेयर बजारमा भइरहेको आर्थिक अपराधमा मन्त्रीसमेत संलग्न छन् : प्रदीप यादव

MadhesKhabar

एमाले अध्यक्षमा केपी ओलीको ह्याट्रिक, अरु पदाधिकारीमा को को भए विजयी ?……

MadhesKhabar

ठोरी गाउँपालिका वडा नं. १ र २ मा रमेश रिजालको घरदैलो अभियान सम्पन्न

MadhesKhabar

Leave a Comment