Madhes Khabar
राजनीति

सुशासन पार्टीका युवा उम्मेदवार शिव कुमार साह प्रति मतदाताको समर्थन बढ्दै

मधेसखबर
वीरगन्ज,०३ कात्तिक : पर्सा क्षेत्र नम्बर ३ को (क) को प्रदेशसभा सदस्यमा नेपाल सुशासन पार्टीबाट चुनावी मैदानमा उत्रिएका युवा नेता शिव कुमार साहको समर्थनमा युवाहरु आफै चुनाव प्रचार प्रसारमा जुटेका छन् ।

राजनीतिमा अब युवाहरुको हस्तक्षेपकारी भूमीका आवश्यक भइसकेको भन्दै त्यस क्षेत्रका युवाहरुले साहको पक्षमा चुनावी प्रचार प्रसार अभियानलाई तिब्र पारेका छन् । चुनावी घरदैलो कार्यक्रमका क्रममा गाँउ गाँउमा साह पुग्दा युवाहरु स्वस्फूर्त रुपमा भेला भएर मतदाताको घर घरमा पुगेर साहको पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन् ।

युवाले नै देशको बिडो थाम्न सक्ने र देशलाई नयाँ दिशामा लैजान सक्ने भएकाले युवा उम्मेदवार साहलाई नै जिताउनु पर्ने उनको समर्थनमा लागेका युवाहरुको भनाइ छ ।

यसैक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार साहले बिहीबार पटेर्वा सुगौली गाउँपालिका वडा नंबर ४ मा घरदैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रमका क्रममा युवासंगै आम मतदाताहरुबाट पाइरहेको समर्थनले आफु अझ उत्साहित बनेको उम्मेदवार साहले सन्चारकर्मीलाइ प्रतिक्रिया दिए । उनले भने ,‘ अब पुराना नेताको काम छैन , जनताको चाहना अब युवा नै आओस् भन्ने छ ।

त्यहि कारण आफुलाई जसपाले टिकटबाट बन्चित गरेपछि सुशासनको एजेन्डा लिएर हिडेको सुशासन पार्टीलाइ रोजेको र उसले आफुहरु जस्ता युवाहरुको क्षमतालाई पहिचान गरेर उम्मेदवार बनाएको साहले बताए ।

Related posts

राजनीतिका दिग्गज पूर्वमन्त्री र पूर्वसांसदलाई हराउँदै रास्वपाका सुशील बने पर्सा जिल्लाकै कान्छो सांसद

MadhesKhabar

नेपाल परिवार दलका केन्द्रिय सदस्य पटेल जसपामा प्रवेश, मन्त्री यादवले गरे पार्टीमा स्वागत

MadhesKhabar

पकाहामैनपुर गाउँपालिकामा अबको नेतृत्व युवाले गर्नुपर्छ : नेता साह

MadhesKhabar

Leave a Comment