Madhes Khabar
राजनीति

पर्सा २ (ख) मा स्वतन्त्र उम्मेदवारी दिने मुकेश द्विवेदीको घोषणा

मधेसखबर
वीरगन्ज,२२ असोज : जनता समाजवादी पार्टी (जसपा)का युवा नेता मुकेश द्विवेदीले जसपा परित्याग गरेका छन् ।शनिबार बेलुकी सामाजिक सन्जालमा स्ट्याटस लेख्दै द्विवेदीले जसपा परित्याग गरेको घोषणा गरेका हुन् ।

जसपा परित्याग गरेको घोषणा गर्दै उनले पर्सा क्षेत्र नम्बर २ को (ख) बाट आइतबार स्वतन्त्र उम्मेदवारी दिने उद्घोष पनि गरेका छन् ।

यसअघि जसपाबाटै उनले पर्सा २ को (ख) मा प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने आकांक्षा राखेका थिए । तर शनिबार जसपा र एमाले बिच भएको गठबन्धनमा उक्त क्षेत्र एमालेको भागमा परेपछि द्विवेदीले शनिबार बेलुकी जसपा छाडेको घोषणा गर्दै त्यहि क्षेत्रबाट आइतबार स्वतन्त्रमा उम्मेदवारी दिने उद्घोष गरेका हुन् ।

नेपाली काँग्रेसको भातृ संगठन नेविसंघबाट राजनीतिक यात्रा थालेका द्धिवेदी नेविसंघबाटै ठाकुरराम बहुमुखी क्याम्पसकाो स्ववियु सभापतिमा निर्वाचित पनि भएका थिए । त्यसपछि काँग्रेस छाडेर नेकपा माओवादी केन्द्रमा लागेका द्विवेदी राजपा हुदै हाल जसपामा सकृय रहेका थिए ।

Related posts

बारामा उपेन्द्र यादवलाई चाँदीको मुकुट लगाएर सम्मान

MadhesKhabar

जसपाका अगुवा नेताकार्यकर्ता भन्छन् : जनता पनि काम गर्ने नेताको पक्षमा रहेकाले प्रदीप यादवको जित सुनिश्चित छ

MadhesKhabar

नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिइएको निवेदन अवैधानिक : जसपा नेपाल

MadhesKhabar

Leave a Comment