Madhes Khabar
राजनीति

पर्सा २ (ख) मा स्वतन्त्र उम्मेदवारी दिने मुकेश द्विवेदीको घोषणा

मधेसखबर
वीरगन्ज,२२ असोज : जनता समाजवादी पार्टी (जसपा)का युवा नेता मुकेश द्विवेदीले जसपा परित्याग गरेका छन् ।शनिबार बेलुकी सामाजिक सन्जालमा स्ट्याटस लेख्दै द्विवेदीले जसपा परित्याग गरेको घोषणा गरेका हुन् ।

जसपा परित्याग गरेको घोषणा गर्दै उनले पर्सा क्षेत्र नम्बर २ को (ख) बाट आइतबार स्वतन्त्र उम्मेदवारी दिने उद्घोष पनि गरेका छन् ।

यसअघि जसपाबाटै उनले पर्सा २ को (ख) मा प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने आकांक्षा राखेका थिए । तर शनिबार जसपा र एमाले बिच भएको गठबन्धनमा उक्त क्षेत्र एमालेको भागमा परेपछि द्विवेदीले शनिबार बेलुकी जसपा छाडेको घोषणा गर्दै त्यहि क्षेत्रबाट आइतबार स्वतन्त्रमा उम्मेदवारी दिने उद्घोष गरेका हुन् ।

नेपाली काँग्रेसको भातृ संगठन नेविसंघबाट राजनीतिक यात्रा थालेका द्धिवेदी नेविसंघबाटै ठाकुरराम बहुमुखी क्याम्पसकाो स्ववियु सभापतिमा निर्वाचित पनि भएका थिए । त्यसपछि काँग्रेस छाडेर नेकपा माओवादी केन्द्रमा लागेका द्विवेदी राजपा हुदै हाल जसपामा सकृय रहेका थिए ।

Related posts

चिनियाँ राजदूत चेनले भेट उद्योगमन्त्री रिजाललाई

MadhesKhabar

जसपा नेपालबाट फुटेर बनेको अशोक राईको पार्टी दर्ता यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

MadhesKhabar

बजार छपकैयाँका मतदाताको घरदैलोमा स्वतन्त्र उम्मेद्वार रुपेशमान

MadhesKhabar

Leave a Comment