Madhes Khabar
राजनीति हेडलाइन

बारामा उपेन्द्र यादवलाई चाँदीको मुकुट लगाएर सम्मान

बारा,१७ बैशाख : उपनिर्वाचनबाट बारा २ को प्रतिनिधीसभा सदस्यमा निर्वाचित जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई चाँदीको मुकुट लगाएर सम्मान गरिएको छ ।

बाराको कलैया उपमहानगरपालिकामा निर्वाचित कार्यपालिका सदस्य र वडाध्यक्षहरुले यादवलाई चाँदीको मुकुट तथा दुइ सय किलोको मालाले सम्मानीत गरेका हुन् ।

सम्मान कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव, जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादव, नेता रामकिशोर यादव सहितका नेता कार्यकर्ताहरू पनि सहभागी थिए।

यस्तै समाजवादी युवा संघ बाराले पनि नवनिर्वाचित प्रतिनिधीसभा सदस्य यादवलाई सम्मान गरेको छ । आइतबार नै कलैयामा समाजवादी युवा संघ बाराका नेता कार्यकर्ताहरुले माला लगाएर मायाको चिन्हो प्रदान गर्दै सम्मानित गरेका हुन् ।

Related posts

कालिकामाई गाँउपालिकामा नेविसंघको समिति विस्तार

MadhesKhabar

ठाकुरराममा स्ववियुले आर्थिक हिनामिनाबारे सोधीखोजी गरेपछि क्याम्पस प्रमुख १ महिनादेखि गायब

MadhesKhabar

वीरगञ्ज–३२ नवकटोलामा कांग्रेस उम्मेदवार रुँगटाको अगुवा कार्यकर्तासँग भेटघाट

MadhesKhabar

Leave a Comment