Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालकाे सेवा सहज र प्रभावकारी बनाउन युवा नेताहरुकाे आग्रह

मधेसखबर
वीरगन्ज ,२६मंसिर : परिवर्तनको लागि राजनीतिक समूहले साेमबार नारायणी अस्पतालमा पुगेर त्यहा बिरामी र सेवाग्राहीले खेप्दै आएका समस्याहरू बारे अस्पताल व्यवस्थापन पक्षकाे ध्यानाकर्षण गराएकाे छ ।

विभिन्न राजानीति दल र स्वतन्त्र युवाहरु सम्मिलित परिवर्तनका लागि राजनीतिक समुहले साेमबार अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर खालिद हसनलाई भेटेर अस्पतालमा विद्यमान समस्या तथा बिरामी र सेवाग्राहीले भाेग्दै आएका समस्या बारे ध्यानाकर्षण गराउदै सेवा सहज र प्रभावकारी बनाउन आग्रह गरेकाे छ ।

नारायणी अस्पतालमा डाक्टरहरु समयमा नअआउने , ल्याब पुर्णरुपले संचाल नहुने , अस्पतालमा सरसफाइमा लापरवाही हुने लगायतका समस्या बारे ध्यानाकर्षण गराइएकाे समुहका सदस्य मुकेश द्विवेदीले बताए । साथै परिवर्तनका लागि राजनीति समूह बैचारिक क्रान्तिको लागि रहेकोेले समुहले नारायणी अस्पतालको सम्पुर्ण बेतिथीलाई सम्बन्धित निकाय सम्म पुगेर समस्या समाधान गराउन प्रतिबद्ध रहेको पनि उनले बताए ।अस्पतालमा बिरामी र सेवाग्राहीलाई सरल र सुविधा प्रभावकारी उपचार सेवा उपलब्ध गराउन पनि आग्रह गरिएकाे उनले बताए ।

त्यस अवसरमा परिवर्तनको लागि राजनीति समुहका सलाउदिन अहमद , मुकेश द्विबेदी ,तनवीर अन्सारी , शेख मुन्ना,सुजित गिरि , श्याम गुप्ता , सन्दीप साह, उमाशंकर गुप्ता ,नन्दलाल रौनियार लगायतको उपस्थिति थियाे ।

Related posts

वीरगन्जकाे गहवामाई रथ यात्रामा उर्लियाे हिन्दु जनसागर

MadhesKhabar

पर्सा , बारा सहितका मध्य तराईमा आगामी पाँच दिनसम्म ‘लू’ लाग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

MadhesKhabar

१० हजार किशोरीलाई एकैसाथ आत्मारक्षा तालिम दिँदै वीरगन्ज महानगरपालिका, गिनिज बुकमा नाम दर्ज गर्ने तयारी

MadhesKhabar

Leave a Comment