Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालकाे सेवा सहज र प्रभावकारी बनाउन युवा नेताहरुकाे आग्रह

मधेसखबर
वीरगन्ज ,२६मंसिर : परिवर्तनको लागि राजनीतिक समूहले साेमबार नारायणी अस्पतालमा पुगेर त्यहा बिरामी र सेवाग्राहीले खेप्दै आएका समस्याहरू बारे अस्पताल व्यवस्थापन पक्षकाे ध्यानाकर्षण गराएकाे छ ।

विभिन्न राजानीति दल र स्वतन्त्र युवाहरु सम्मिलित परिवर्तनका लागि राजनीतिक समुहले साेमबार अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर खालिद हसनलाई भेटेर अस्पतालमा विद्यमान समस्या तथा बिरामी र सेवाग्राहीले भाेग्दै आएका समस्या बारे ध्यानाकर्षण गराउदै सेवा सहज र प्रभावकारी बनाउन आग्रह गरेकाे छ ।

नारायणी अस्पतालमा डाक्टरहरु समयमा नअआउने , ल्याब पुर्णरुपले संचाल नहुने , अस्पतालमा सरसफाइमा लापरवाही हुने लगायतका समस्या बारे ध्यानाकर्षण गराइएकाे समुहका सदस्य मुकेश द्विवेदीले बताए । साथै परिवर्तनका लागि राजनीति समूह बैचारिक क्रान्तिको लागि रहेकोेले समुहले नारायणी अस्पतालको सम्पुर्ण बेतिथीलाई सम्बन्धित निकाय सम्म पुगेर समस्या समाधान गराउन प्रतिबद्ध रहेको पनि उनले बताए ।अस्पतालमा बिरामी र सेवाग्राहीलाई सरल र सुविधा प्रभावकारी उपचार सेवा उपलब्ध गराउन पनि आग्रह गरिएकाे उनले बताए ।

त्यस अवसरमा परिवर्तनको लागि राजनीति समुहका सलाउदिन अहमद , मुकेश द्विबेदी ,तनवीर अन्सारी , शेख मुन्ना,सुजित गिरि , श्याम गुप्ता , सन्दीप साह, उमाशंकर गुप्ता ,नन्दलाल रौनियार लगायतको उपस्थिति थियाे ।

Related posts

पर्साकाे महादेवपट्टीमा माेटरसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्युु

MadhesKhabar

वीरगन्जमा ५२ विधार्थीले पाए राउण्ड टेबल नेपालको छात्रवृत्ति 

MadhesKhabar

वीरगन्जको नारायणी क्रिकेट मैदानमा एलिट कपको तयारी तिब्र,मेयर सिंहले पनि गरे निरीक्षण

MadhesKhabar

Leave a Comment