Madhes Khabar
राजनीति

चितवन ३ नछाड्न प्रचण्डलाई गठबन्धनकाे आग्रह

मधेसखबर
वीरगन्ज ,१८ असाेज: पाँचदलीय गठवन्धन चितवनले नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नंबर ३ नछाड्न आग्रह गरेको छ ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको गठबन्धनको बैठकले मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक नहुने ठहर गरेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘मंसिर ४ गते सम्पन्न हुन गरहेको संघीय निवाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनुहुन अपिल गर्ने निर्णय गरिन्छ ।’

बैठकले संघीय तथा प्रादेशिक निर्वाचनमा गठबन्धनका दलहरुले अघि सार्ने उम्मेदवारहरुलाई विजयी गराउने प्रतिवद्धता समेत ब्यक्त गरेको छ ।

बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल, जनता समाजवादीका प्रेमराज भूजेल पनि सहभागी थिए ।साभार: अनलाइनखबर

Related posts

एमाले उम्मेदवार प्रदीप यादवलाई समर्थन जनाउँदै वीरगन्ज–३२ का वडाध्यक्ष रियाज एमालेमा प्रवेश

MadhesKhabar

वीरगन्जमा मधेस आन्दोलनमा ढालिएको गिरिजा कोइरालाको शालीक फेरि ठडियो

MadhesKhabar

पर्सामा एमाले अध्यक्षका लागि ३ नेता आकांक्षी : शर्मा, थारु र पटेलमध्ये कस्ले मार्ला बाजी ?

MadhesKhabar

Leave a Comment