Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्जमा मधेस आन्दोलनमा ढालिएको गिरिजा कोइरालाको शालीक फेरि ठडियो

वीरगन्ज,१जेष्ठःवीरगन्जमा ९ बर्षपहिले मधेस आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड गरेर भत्काएको पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको शालीक फेरि नयाँ बनाएर स्थापना गरिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाको इदगाह चोकमा जिपी कोइराला फाउण्डेशनले स्थापना गरेको नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका स्व. कोइरालाको शालीक मधेस आन्दोलनमा २०७२ भदौं १५ गतेका दिन आन्दोलनकारीले तोडफोड गरेर भत्काई दिएका थिए ।

त्यहि स्थानमा अहिलेफेरि स्व. कोइरालाको पूर्ण कदको नयाँ शालीक निर्माण गरी स्थापना गरिएको हो। फाउण्डेशनका मधेस प्रदेश अध्यक्ष महम्मद शाहबुद्धिनका अनुसार, मधेस प्रदेश सरकारबाट प्राप्त १६ लाख रुपैयाँ बजेटबाट इदगाह चोकमा स्व. कोइरालाको पूर्ण कदको नयाँ शालिक निर्माण गरी स्थापना गरिएको हो ।पित्तल लगायतका धातुबाट निर्मित करिब ६ फिट उचाईको उक्त शालिक ११ लाख रुपैयाँमा काठमाडौंबाट खरिद गरेर ल्याइएको उनले जानकारी दिए ।

मधेस प्रदेश सरकारबाट प्राप्त कूल १६ लाख रुपैयाँ बजेटमध्ये ११ लाख रुपैयाँमा शालीक खरिद गरिएको र बाँकी ५ लाख रुपैयाँ शालिक राखिएको पार्कको मर्मत सम्भार र सौन्दर्यकरणमा खर्च गरिएको उनले बताए ।

इदगाह चोकमा स्थापना गरिएको स्व. कोइरालाकाको नयाँ शालीकको अनावरण गिरिजाप्रसाद कोइरालाको १०१ औं जन्मजन्तिका दिन आगामी असार १८ गते गरिने शाहबुद्धिनले जानकारी दिए ।शालिकको अनावरण नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबाट गराइने उनले बताए ।अनावरण कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाका साथै अन्य शीर्ष नेताहरुपनि आउने जानकारी उनले दिए ।

Related posts

एमाले परित्याग गरी मुकेश पाटेलसहित तीन जना नेपाली कांग्रेसमा प्रवेश

MadhesKhabar

युवा संघ नेपालको वीरगन्ज महानगरको अध्यक्षमा चौबे चयन

MadhesKhabar

रवि पक्राउको विरोधमा वीरगन्जमा पनि प्रदर्शन, निकालियो सरकारको शव यात्रा

MadhesKhabar

Leave a Comment