Madhes Khabar
समाचार

बिरामीको मृत्युपछि चितवनको शिक्षण अस्पतालमा तोडफोड, १३ जना प्रहरी नियन्त्रणमा


मधेसखबर
आश्विन १८, वीरगञ्ज:  उपचारका क्रममा बिरामीको मृत्यु भएपछि विरोध प्रदर्शन गर्न चितवन मेडिकल कलेज (सीएमसी) को भरतपुरमा रहेको शिक्षण अस्पताल आएका मृतकका आफन्त तथा स्थानीले मंगलबार दिउँसो अस्पतालमा तोडफोड गरेका छन् । भरतपुर महानगरपालिका–१३ का ३६ वर्षीय रमेश कुँवरको सोमबार साँझ सो अस्पतालमा निधन भएको थियो ।

कुँवरको प्याङ्क्रियाजमा समस्या भएर उपचारका लागि सोमबार बिहान ८ बजे अस्पतालमा भर्ना भएको प्रशासन प्रमुख प्रताप देवकोटाले बताए ।

उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि विभिन्न अंगप्रत्यङ्गहरूले काम नगरेका कारण हिजै साँझ निधन भएको देवकोटाले बताए ।

निधनको कारणका बारेमा आफन्तलाई हिजो नै सबै जानकारी दिए पनि आज धेरै मान्छेहरू अचानक आएर तोडफोडसमेत गरेको उनले बताए । आज दिउँसो साढे १ बजेतिर स्थानीय र आफन्त अस्पताल आएका थिए ।

चिकित्सकले लापरबाही गरेका कारणले बिरामीको निधन भएको भन्दै उनीहरूले आक्रोश पोखेका थिए ।

अस्पतालको तेस्रो तलामा रहेको मेडिकल आईसीयूमा तोडफोड भएको छ । घटनापछि प्रहरीले १३ जनालई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । साभार :कान्तिरपुर

Related posts

पुर्वराज्यमन्त्री डिम्पल झाको निधन

MadhesKhabar

मधेसमा खानेपानीको संकट रोक्न चुरेको दोहन रोक्नुपर्छ : खानेपानीमन्त्री यादव

MadhesKhabar

केकमा गाँजा मिसाएर बिक्री गर्ने २ जना पक्राउ

MadhesKhabar

Leave a Comment