Madhes Khabar
समाचार

बिरामीको मृत्युपछि चितवनको शिक्षण अस्पतालमा तोडफोड, १३ जना प्रहरी नियन्त्रणमा


मधेसखबर
आश्विन १८, वीरगञ्ज:  उपचारका क्रममा बिरामीको मृत्यु भएपछि विरोध प्रदर्शन गर्न चितवन मेडिकल कलेज (सीएमसी) को भरतपुरमा रहेको शिक्षण अस्पताल आएका मृतकका आफन्त तथा स्थानीले मंगलबार दिउँसो अस्पतालमा तोडफोड गरेका छन् । भरतपुर महानगरपालिका–१३ का ३६ वर्षीय रमेश कुँवरको सोमबार साँझ सो अस्पतालमा निधन भएको थियो ।

कुँवरको प्याङ्क्रियाजमा समस्या भएर उपचारका लागि सोमबार बिहान ८ बजे अस्पतालमा भर्ना भएको प्रशासन प्रमुख प्रताप देवकोटाले बताए ।

उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि विभिन्न अंगप्रत्यङ्गहरूले काम नगरेका कारण हिजै साँझ निधन भएको देवकोटाले बताए ।

निधनको कारणका बारेमा आफन्तलाई हिजो नै सबै जानकारी दिए पनि आज धेरै मान्छेहरू अचानक आएर तोडफोडसमेत गरेको उनले बताए । आज दिउँसो साढे १ बजेतिर स्थानीय र आफन्त अस्पताल आएका थिए ।

चिकित्सकले लापरबाही गरेका कारणले बिरामीको निधन भएको भन्दै उनीहरूले आक्रोश पोखेका थिए ।

अस्पतालको तेस्रो तलामा रहेको मेडिकल आईसीयूमा तोडफोड भएको छ । घटनापछि प्रहरीले १३ जनालई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । साभार :कान्तिरपुर

Related posts

प्रहरीसंगको झडपमा १५ शिक्षक घाइते, भोलिदेखि आन्दोलन थप चर्काउने महासंघको चेतावनी

MadhesKhabar

वीरगन्जको माइधिया पोखरी छेउमा अपरिचित व्याक्तिको शव भेटियो

MadhesKhabar

स्वास्थ्य–शिक्षा–रोजगारीलाई प्राथमिकता दिँदै पूर्वमन्त्री अजय चौरसियाको ठूलो घोषणा

MadhesKhabar

Leave a Comment