Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेस प्रदेशमा ५०-५० प्रतिशत सिट पाउनुपर्ने काङ्ग्रेस र जसपाको दाबी

रमेष रिजाल र रामबाबु यादव

मधेसखबर
वीरगन्ज ,१५ भदौं :मधेस प्रदेशमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले ५०-५० प्रतिशत सिटमा दावी गरेका छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य दुवैमा ५० प्रतिशत सिट पाउनुपर्ने कांग्रेसका नेताहरुको माग छ । बाँकी अरु दलले भागबण्डा गरेर लिनुपर्ने तर्क उनीहरुले गरेका छन् ।

मधेस प्रदेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन् । प्रत्यक्ष निर्वाचनबाट ३२ जना प्रतिनिधि सभा सदस्य चुनिएर आउँछन् । हरेक निर्वाचन क्षेत्रमा २ वटा गरी ६४ वटा प्रदेश सभा सिट छ ।

मधेस आन्दोलनको रापतापमा उदाएको जनता समाजवादी पार्टी फुटेको, नेता कार्यकर्ता एमाले, माओवादीतिर गईरहेकोले कमजोर भएको कांग्रेसको भनाइ छ । स्थानीय चुनावमा सबै दलको हैसियत देखिसकेको बताउँदै कांग्रेस नेताहरुले अन्य दलहरुले बढी सिट दावी गर्नुको औचित्य नभएको समेत बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले गठबन्धन नभए पनि मधेशमा कांग्रेसले एक्लै १६ भन्दा बढी सिट जित्ने दावी गरे । ‘कम्तीमा १६ प्रतिनिधि सभा र ३२ प्रदेश सभा सदस्य हामीले पाउनुपर्छ भनेका छौं,’ उनले भने ‘मधेस प्रदेशमा कांग्रेसको स्थिति बलियो छ । तर नेतृत्वले के निर्णय गर्छ, त्यसलाई मानेरै अघि बढ्छौं ।’

गठबन्धनमा गएपछि दुई चार सिट तलमाथि भएमा स्वीकार्ने भनाइ छ । पर्सामा कांग्रेसको स्थिति बलियो देखिएकोले ४ वटै निर्वाचन क्षेत्र लिन नेतृत्वको ध्यानाकर्षण गरिएको उनले बताए ।

जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष एवं सांसद रामबाबु कुमार यादवले प्रदेश सभातर्फ ३६ सिट र प्रतिनिधि सभातर्फ १८ सिट पाउनुपर्ने दावी गरे ।

‘जितेको क्षेत्रमा आ–आफ्नो दावी आउनु स्वभाविक हो । लोसपा र एमालेको सिट खाली हुन्छ त्यसलाई एक आपसमा बाँड्ने हो । प्रदेश सभामा हाम्रो बलियो उपस्थिति छ । मंसिर ४ गते हुने निर्वाचनका लागि ३६ सिट जसपालाई चाहिन्छ,’ उनले भने ‘०७४ सालको निर्वाचनबाट प्रतिनिधि सभामा ११ जना निर्वाचित भएका थियौं, अब १८ सिट पाउनुपर्छ भनेका छौं । साभार :अनलाइनखबर

Related posts

बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा १० करोड बढिको भ्रष्टाचार भएको अख्तियारको ठहर

MadhesKhabar

मौसम विभागले भन्यो : वर्षा गराउने प्रणाली नेपालबाट बाहिरियो

MadhesKhabar

नारायणी अस्पतालबाट १५ सय एचआईभी संक्रमितले निःशुुल्क उपचार सेवा लिदैं

MadhesKhabar

Leave a Comment