मधेसखबर
वीरगन्ज,१४ भदौं :केन्या विरूद्धको निर्णायक तथा पाँचौ टी-२० खेलमा जित निकाल्दै नेपालले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको छ।
नेपालले मंगलबार भएको पाँचौ टी-२० मा केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज जितेको हो।
यसअघि नेपालले पहिलो टी-२० मा ५ विकेट र तेस्रो टी-२० मा ४ विकेटको जित निकालेको थियो।
दोस्रो टी-२० माे केन्या १८ रनले विजयी हुँदा सोमबार भएको चौथो टी-२० मा उसले ७ रनको जित निकालेको थियो।

