Madhes Khabar
समाचार स्थानिय

नेपाल फोटो पत्रकार महासंघ पर्साको सधारणसभा भदौ १८ गते हुने


मधेसखबर
वीरगन्ज भाद्र ५ गते । नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखाको सधारणसभा भदौ १८ गते गर्ने निर्णय गरिएको छ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा शनिवार बसेको शाखाको पदाधिकारीहरुको बैठकले सधारणसभा भदौ १८ गते गर्ने निर्णय गरेको जनाईएको हो ।

नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष विजय चौहानको अध्यक्ष्तामा बसेको बैठकमा कोरोना महामारीमा आर्थिक अवस्थामा परेको प्रतिकुल प्रभावले गर्दा सदस्यहरुको सदस्यता नवीकरण शुल्क नलिने निर्णय समेत गरीएको अध्यक्ष चौहानले जानकारी गराए ।

यसका साथै आगामी भदौ २९ गते देखि ३१ गते सम्म चितवनमा हुने केन्द्रीय महाधिवेशनका लागि केन्द्रि प्रतीनीधी पनि छनौट गर्ने निर्णय गरीएको जनाइएको छ ।

बैठकमा नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखाकी उपाध्यक्ष माधुरी महतो, सचिव तिवारी यादव,सदस्य अमित अग्रवाल,कविता खड्का, प्रणय साह लगायतको उपस्थिति रहेको थियो ।

 

Related posts

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन वटै बाघको मृत्यु

MadhesKhabar

बहुदरमाई नगरपालिकाले भुक्तानी नदिएपछि ठेकेदारले सोलारबत्ती खोलेर लगे

MadhesKhabar

जिराभवानीको कार्यपालिका सदस्यमा काँग्रेसको प्यानल विजयी

MadhesKhabar

Leave a Comment