Madhes Khabar
स्थानिय

जिराभवानीको कार्यपालिका सदस्यमा काँग्रेसको प्यानल विजयी

मधेसखबर
वीरगन्ज,१६ जेठ
: पर्साको जीराभवानी गाँउपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ।
सोमबार भएको कार्यपालिका सदस्यको निर्वाचनमा ६ वटै सदस्यमा काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । कार्यपालिकाको अल्पसंख्यक सदस्यमा सरोज चौरसीया , दलित सदस्यमा रितिक कुमार हजरा तथा महिला सदस्यहरुमा रुना देवी मुसहेरीन् , अंशुइया देवी , कौशील्या चमइन् र रन्जुदेवी थरुनी निर्वाचित भएको निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
सोमबार ६ सदस्य पदका लागि भएको निर्वाचनमा काँग्रेस र एमालेबाट ६/६ जना गरि १२ जनाको उम्मेदवारी परेको भएपनि १५ मत सहित काँग्रेसका उम्मेदवारहरु निर्वाचित भएका हुन् । एमालेका उम्मेदवारले भने १० मत मात्रै पाएको निर्वाचन अधिकृत पाण्डेले जानकारी दिए ।
यसअघि गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा गाँउपालिका अध्यक्ष , उपाध्यक्ष र ३ वटा वडाअध्यक्ष काँग्रेसले जितेकोमा २ वटा वडा मात्र एमालेले जितेको थियो ।

Related posts

जिल्ला प्रहरी कार्यालय पर्सामा बिचाैलियाहरुलाई निषेधित गर्न सेवाग्राहीहरुकाे माग

MadhesKhabar

प्रेमीसंग मिलेर श्रीमानको हत्या गर्ने सोनम बारामा पक्राउ

MadhesKhabar

वीरगन्ज महानगरले २८ करोड बक्यौता असुल्न बाँकी

MadhesKhabar

Leave a Comment