Madhes Khabar
स्थानिय

पकाहा देखि पोखरीया सम्म निर्माण हुन लागेको सडकको शिलान्यास

मधेसखबर

वीरगन्ज,३१ साउन : पर्साको पकाहा मैनपुर देखि पोखरीया सम निर्माण गर्न लागिएको सडकको शिलन्यास गरिएको छ।

मङ्गलबार पर्साको क्षेत्र नम्बर ३ का प्रदेशसभा सदस्य प्रहलाद गिरीले  उक्त सडकको शिलान्यास गरेका हुन् ।

पकाहा मैनपुर गाउँपालिकाको पकाहा देखि पोखरीया नगरपालिकाको पोखरीया सम्म ६ करोड ५० लाख रुपैयाँको लागतमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण गर्न लागिएको हो। सडक निर्माणको ठेक्का शिभाको कन्ट्रक्सनले लिएको छ।

मङ्गलबारको शिलान्यास  कार्यक्रममा बिनोद मेहता ,धेरी यादव , कुशुमी देवी , रामबाबु प्रसाद चौरसिया ,सुमित रौनियार लगायतको सहभागिता रहेको थियो ।

Related posts

वीरगन्जमा हिन्दुवादी नेता राजपुतकाे रिहाइको माग गर्दै प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन

MadhesKhabar

रानीघाट पुलबाट सरिसवा नदीमा हाम फालेकी राधिकाको शव तीन दिनपछि आज बिहान भेटियो

MadhesKhabar

अबिरल बर्षाका कारण कलैयामा घर भत्किदा परिवारजनको बिचल्ली

MadhesKhabar

Leave a Comment