Madhes Khabar
स्थानिय

मुख्य मन्त्री राउतले आफ्नै निर्वाचन क्षेत्रमा गरे सडकको शिलान्यास

मधेसखबर

वीरगन्ज,१९ साउन : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफनो निर्वाचन क्षेत्रमा साढे चार किलो मिटर सडक निर्माणको शिलान्यास गरेका छन्।

पर्सा निर्वाचन क्षेत्र नंवर १ (ख) मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा बिहीबार बिहान  मुख्यमन्त्री राउतले सडकको शिलान्यास गरेका हुन्।

वीरगन्ज १५ को लछुमणवा भिस्वा हुदै वडा नम्बर १६ को नगवा सम्म ६ करोड ५३ लाख ६८ हजार रुपैयाको लागतमा ४ किलो ५ सय मिटर सडक  ि  मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएको हो ।

शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य भिमा यादव, विरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ ज्यु,पुर्व  प्रमुख नेक महमद अन्सारी, वडा अध्यक्ष पशुराम चौरसिया लगायतको उपस्थिती रहेको  थियो ।

Related posts

वीरगन्ज चिनी मिल अगाडिको नालामा एक पुरुषकाे शव भेटियाे

MadhesKhabar

पथलैया–निजगढ सडकखण्डमा कार र ट्रिपर ठोक्कीदा २ जनाको मृत्यु

MadhesKhabar

वीरगन्जमा प्रहरी जवानको हत्या ,एक महिलासहित चार जना पक्राउ

MadhesKhabar

Leave a Comment