Madhes Khabar
कर्णाली प्रदेश

एमाले उपाध्यक्ष ज्ञवाली भन्छन् : मधेसमा बिहेको नामका सिन्दुर हाल्छन्, नागरिकता लिन्छन्, अनी ‘डिभोर्स’ गर्छन्, त्यसैले नागरिकता विधेयक राष्ट्रपतिले रोक्नु पर्छ

मधेसखबर

वीरगन्ज,१३ साउन :    नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पास भएको नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुपर्ने बताएका छन।

प्रेस चौतारी नेपाल कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ज्ञवालीले गठबन्धनको सरकारले बहुमतको दम्भ देखाउदै दुबै सदनबाट विधेयक पारित गरेपनि राष्ट्रपतिले त्यसलाई रोक्नुपर्ने बताएका हुन।

‘नेकपा एमालेका कारण धेरै वर्षदेखि त्यो विधेयक रोकिएको थियो, तर सत्ता गठबन्धनले दुबै सदनबाट बहुमतको दम्भ देखाउँदै पारित गर्‍यो, त्यसलाई राष्ट्र्रपतिले रोक्नुपर्छ’ उपाध्यक्ष ज्ञवालीले भने, ‘यो मेरो ब्यक्तिगत विचार हो, पार्टीको धारणा भने होइन।’

उपाध्यक्ष ज्ञवालीले आफू राष्ट्रय सभाको सदस्य भएको बेला २०५७ सालको स्मरण गराउदै भने ‘२०५७ सालमा म राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलको नेता थिए, यही विधेयक आएको थियो, सभाबाट त्यो पारित पनि भयो तर पछि राजा विरेन्द्रले पास गरेनन् र अदालत पठाए, अदालतले त्यसलाई अस्वीकृत गरिदियो।’

उनले अंगीकृत नागरिकताका फरक फरक देशका फरक फरक प्रावधान रहेको बताए। ‘भारतमै पनि बिहे गरेर आउने विदेशी बुहारीले नागरिकताका लागि सात वर्ष कुर्नुपर्छ, नेपालमा सिन्दुर हाल्यो की नागरिकता दिनुपर्ने?’ ज्ञवालीले प्रश्न गरे। उनले नेकपा एमालेले धेरै कोशिस गर्दा पनि त्यो विधेयक पास हुनबाट रोक्न नसकेको बताए।

उनले पास भएको नागरिकता विधेयकले सबैभन्दा बढी मधेसमा प्रभाव पर्ने बताए। ‘मधेसमा बिहेको नामका सिन्दुर हाल्छन्, नागरिकता लिन्छन्, अनी ‘डिभोर्स’ गर्छन्, यस्तो क्रम बढ्यो भने मधेसी जनता अल्पमतमा पर्ने खतरा पैदा भएको छ’ उपाध्यक्ष ज्ञवालीले भने।

  • उनले नेपालको तीन तिर भारतले घेरेकाले पनि विदेशी बुहारीका लागि नागरिकताको प्रावधान अलि कठोर हुनुपर्ने बताए। ‘नागरिकता विधेयकले नेपाल फिजिकरणको दिशामा जाने खतरा देखेको छु, यसले हाम्रो जस्तो भौगोलिक अवस्थाको देशको जनसंख्यामा धेरै प्रभाव पार्छ,’ उनले भने। साभार: अन्नपूर्ण पोस्ट

Related posts

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

एउटै परिवारका चार जनाको घाँटी रेटेर हत्या

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment