Madhes Khabar
अर्थतन्‍त्र

प्लाष्टिकजन्य पुष्प गुच्छा, फूल र मालाको आयातमा प्रतिबन्ध लगाउने वन मन्त्री यादवको निर्णय

मथेसखबर

वीरगन्ज,०३साउन : वन तथा वातावरण मन्त्री प्रदीप यादवले प्लाष्टिकजन्य पुष्प गुच्छा, फूल तथा माला आयात प्रतिवन्ध लगाउन सिफारिस गरेका छन् ।

वन मन्त्री यादवले मङ्गलबार मन्त्रालयबाट निर्णय गर्दै प्लाष्टिकजन्य पुष्प गुच्छा, फूल तथा माला आयातमा प्रतिवन्ध लगाउनु सिफारिस गरेका हुन् ।

प्लाष्टिकजन्य पुष्प गुच्छा, फूल तथा माला आयात निषेध गरेर स्वदेशमै उत्पादन हुने फूललाई बढावा दिनुपर्ने बताउँदै मन्त्री यादवले उक्त वस्तुको आयातमा प्रतिवन्ध लगाउन सिफारिस गरेका हुन् ।

नेपालको धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरुमा फूल तथा फूलबाट निर्मित माला एवम् सजावटका सामाग्रीको अत्यधिक प्रयोग हुने गरेको हुँदा त्यसमा प्रयोग हुने प्लाष्टिकजन्य सामाग्रीको आयात निषेधमा प्रतिवन्ध लगाउन सिफारिस गरिएकको मन्त्री यादवका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए  ।

कार्यक्रमबाहेक पनि तिहार, छठ, जस्ता पर्वहरुमा पनि फूल माला तथा पुष्पजन्य सामाग्रीको प्रयोगका लागि स्वदेशमै उत्पादित फूलको प्रयोगलाई बढावा दिनुपर्ने मन्त्री यादवको धारणा छ । उनका अनुसार प्लाष्टिकजन्य पुष्प गुच्छा तथा फूलहरुको प्रयोग वातावरणीय स्वच्छताको दृष्टिकोणबाट अत्यन्त खराब हुने ठहर गर्दै देशमै उत्पादित फूललाई उपयुक्त बजारीकरण गरी उचित मूल्य दिनुपर्छ ।

प्लाष्टिकजन्य पुष्प सामाग्रीको आयातमा निषेध गर्दा वैदेशिक मुद्रा सञ्चितीमा पनि योगदान पुग्नुका साथै वातावरण संरक्षण गर्ने र स्वदेशी किसानले उत्पादन गरेका प्राकृतिक फूल तथा यसका सामाग्रीको उपयोगलाई प्रोत्साहन हुने मन्त्री यादवको बिश्वास छ ।

आर्थिक वर्ष २०७७/७८ को तथ्यांकअनुसार करिब ६ करोड ५० लाख बराबरको प्लाष्टिकजन्य पुष्प सामाग्रीहरुको आयात भएको पाइएको छ । जुन नेपाली बजारमा उपभोग भएको कुल प्लाष्टिकजन्य पुष्प सामाग्रीको करिब ३० प्रतिशत मात्रै रहेको यसमा संलग्न व्यवसायीहरुको भनाई छ ।

Related posts

सुनको मूल्य एकैदिन तोलामा ४ हजार २०० रुपैयाँले बढ्योे

MadhesKhabar

निजी क्षेत्रकाे सुझाव सरकारले नमान्दा आर्थिक मन्दीको अवस्था आएको उद्योगी-व्यवसायीकाे गुनासाे

MadhesKhabar

वीरगन्जका सुनचाँदी पसलहरुमा महानगरकाे अनुगमन

MadhesKhabar

Leave a Comment