Madhes Khabar
समाचार

पोखरीया नगरपालिकाले ५२ करोडको बजेट ल्यायो

मधेसखबर

वीरगन्ज,३२असार: पर्साको  पोखरीया नगरपालिकाको दोस्रो नगरसभा शनिबार सम्पन्न भएको छ।

नगरसभामा पोखरीया नगरपालिकाका मेयर प्रधुम्न चौहानले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ५१ करोड ९० लाख १४ हजार रुपैयाँ बराबरको बार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरे।

नीति तथा कार्यक्रममामा स्वस्थ, शिक्षा र कृषिलाइ बढी प्राथमिकता दिइएको छ। नगरसभामा मेयर  चौहानले पालिकाका कार्यपालिका सदस्यहरूका लागि ५० हजार सम्मको निशुल्क स्वास्थ्य उपचार, पालिका अन्तर्गतका गर्भवती महिलाको लागि एम्बुलेन्स सेवा निशुल्क, कार्पायलिका सदस्यहरूको छोरीको विवाहको लागि पालिकाबाट बिषेश सहयोग उपलब्ध गराउने घोषणा गरे ।

प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले पालिकाबाट दिने सेवाहरू जनतामुखि हुनुपर्ने बताए।उनले सेवाग्राहीलाई समयमै  गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारीहरुलाइ निर्देशन पनि दिए।

नगरसभामा  सेवा निवृत्त कार्यालय सहयोगी सुरेश महतोलाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

मेयर चौहानको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर रुबी ठाकुर,१० वटै वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू  लगायतको सहभागिता  रहेको थियो ।

Related posts

बाराको बजनीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

MadhesKhabar

वीरगन्जका बरिष्ठ पत्रकार पाण्डेको निधन

MadhesKhabar

सुवर्णपुरकाे सहिद स्मारक र बजारमा सरसफाइ

MadhesKhabar

Leave a Comment