Madhes Khabar
शिक्षा

राष्ट्रिय शिक्षक संगठनका वीरगन्ज महानगर अध्यक्ष न्यौपाने शिक्षक संघमा प्रवेश

मधेसखबर
वीरगन्ज,२७असार : नेकपा एमाले निकटको नेपाल राष्ट्रिय शिक्षक संगठनको वीरगन्ज महानगर कमिटी अध्यक्ष निरन्जन कुमार न्यौपाने नेपाली काँग्रेस निकटको नेपाल शिक्षक संघमा प्रवेश गरेका छन् ।

न्यौपानेसंगै राष्ट्रिय शिक्षक संगठनकी सददस्य टीका खड्का पनि राष्ट्रिय शिक्षक संगठन प्रत्याग गरी शिक्षक संघमा प्रवेश गरेकी छन् ।

वीरगन्ज स्थित शिक्षक संघ पर्साको कार्यालयमा सोमबार आयोजित कार्यक्रममा दुवै जना एमालेको शिक्षक संगठन परित्याग गरि काँग्रेस निकटको शिक्षक संघमा प्रवेश गरेका हुन् ।

नव प्रवेशी दुवै जनालाइ , शिक्षक संघ पर्साका प्रदिप कुमार जैसवालले संघको सदस्यता प्रदान गरी संघमा प्रवेश गराएका थिए । त्यसअवसरमा नेपाल शिक्षक संघ पर्साका अध्यक्ष तीर्थराज प्रसाद यादवले न्यौपाने र खड्कालाइ फुलमाला र खादा लगाएर संघमा स्वागत गरेका थिए ।

Related posts

प्राविधिक शिक्षामा जाेड दिनुपर्छ : उपमेयर आलम

MadhesKhabar

हरि खेतान क्याम्पसलाई निजीकरण गर्न दिन्न : नवनियुक्त क्याम्पस प्रमुख राय

MadhesKhabar

पचगाँवाको विधालयमा छात्रावास भवनको शिलान्यास

MadhesKhabar

Leave a Comment