Madhes Khabar
समाचार

सिरहामा दुई युवकको शव फेला


मधेशखबर
असाढ २७ , २०७९ वीरगंज सिरहा र धनुषा जोड्ने कमला नदीको छेउमा दुई युवकको शव फेला परेको छ ।

सिरहाको कर्जन्हा नगरपालिका १ स्थित बन्दीपुरका १७ वर्षीय मोहम्द अलि र भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको सोमबार शव फेला परेको प्रहरीले जनाएको छ ।
दुबैजना ज ९ प ६१९४ नम्बरको बुलेट मोटरसाइकल लिएर उत्तर बाहिनी गएका थिए ।
प्रहरीले शव फेला परेका दुबैजना मामा भान्जा रहेको र नदीले बगाएर दुबैजनालाई कमला नदिको छेउमा पुर्याएको प्रारम्भीक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक हरि वलीले बताए ।
दुबै शवलाई पोष्टमार्टमका लागि लहान पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Related posts

वीरगन्जको घण्टाघरबाट १ करोड बढीको मालसामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

हेटौंडामा जमिनमुनि भासिएको १९ दिनपछि फेला पर्‍यो गाडीको पार्टपुर्जा

MadhesKhabar

बाराको बजनीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

MadhesKhabar

Leave a Comment