Madhes Khabar
हेडलाइन

नागरिकता विधेयक असार भित्रै संसदबाट पास हुन्छ : वन मन्त्री यादव

माधुरी महत्तो
वीरगन्ज,२७ असार : संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले नागरिकता विधेयक असार भित्रै संसदबाट पास हुने बताएका छन् ।

सोमबार वीरगन्जमा मधेसखबर र रातोपाना अनलाइनको विशेष प्रस्तुतीमा बोल्दै मन्त्री यादवले भने ,‘ नागरिकता विधेयक अबको चार पाँच दिन भित्रमै संसदबाट पारित हुन्छ , नागरिकता विहिन नेपाली नागरिकले नागरिकता पाउछन् ।

मन्त्री यादवले मन्त्रीपरिषद बैठकले पुरानो विधेयक संसदबाट फिर्ता लिएर त्यसमा संशोधन गरि नयाँ विधेयक पेस गर्ने निर्णय गरिसकेको जानकारी पनि दिए ।

यसअघि संसदमा पेश गरिएको नागरिकता विधेयकमा नेपाली पुरुषसंग विहे गर्ने विदेशी महिलालाइ ७ वर्ष पछि मात्र नागरिकता दिने प्रावधान राखिएका कारण उक्त विधेयक संसदबाट फिर्ता लिने निर्णय मन्त्रीपरिषदले गरेको मन्त्री यादवले बताए ।

उनले भने ,‘ पुरानो विधेयकमा केहि त्रुटीपूर्ण प्रावधान राखिएको थियो , त्यसैले हाम्रै आग्रहमा मन्त्रीपरिषद बैठकले उक्त विधेयक संसदबाट फिर्ता लिने निर्णय गरेको हो । त्यसमा संशोधन गरि नयाँ विधेयक संसदमा पेश गरिने र उक्त विधेयक संसदमा फास्ट ट्रयाकबाट पारित गर्ने गरि सरकारले काम गरिरहेको मन्त्री यादवले बताए ।

अब संसदमा सरकारले पेश गर्ने नागरिकता सम्बन्धि विधेयक पारित गर्नका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सहजै सहयोग गर्ने दाबी उनले गरे ।मन्त्री यादवले भने ,‘ सबै भन्दा पहिले एमालेले नै ताली बजाएर नागरिकता विधेयक पास गर्छ , त्यस बाहेक उसंग अरु कुनै विकल्प नै छैन ।

फरक प्रसंगमा मन्त्री यादवले देशभरका वनमा रहेका ढलापडा र काटेर घाटगद्धी गरेर राखिएका काठहरुको व्यवस्थापन मन्त्रायलयले छिटटै गर्ने पनि बताए ।

Related posts

घूस डिल अडियो प्रकरण : पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

घडिअर्वा छठघाटको सुरक्षामा कुनैपनि त्रुटी हुन नदिने सुरक्षा निकायका प्रमुखहरुको प्रतिबद्धता

MadhesKhabar

वडाध्यक्ष कुट्ने प्रहरीलाई कारबाहीकाे माग गर्दै वीरगन्ज महानगरका जनप्रतिनिधिहरुद्वारा आन्दोलनको घाेषणा

MadhesKhabar

Leave a Comment