Madhes Khabar
हेडलाइन

वीरगन्जमा परिवर्तनको अनूभूती : अन्तत बनेरै छाड्यो घण्टाघरको सडक

माधुरी महत्तो
वीरगन्ज,२० असार : अनेकन बाधा अड्चनका बाबजुद वीरगन्जको घण्टाघर क्षेत्रको जीर्ण सडक मर्मत सम्भार गरि कालोपत्रे भएको छ ।वीरगन्जका नवनिर्वाचित मेयर राजेशमान सिंहको पहलकदमीले लामो समय देखि जीर्ण सडक अन्नत मर्मत सम्भार गरि कालोपत्रे गरिएको हो ।

 

घण्टघार देखि माइस्थान चोक बिचको करिब १ सय ३३ मिटर मुख्य सडक भत्किएर खाल्डा खुल्डी भइ लामोे समय देखि जीर्ण हुदा आवागमनमा सास्ती भइरहेको थियो । त्रिभुवन राजपथ अन्तर्गतको मुख्य सडक , सडडकविभाग मातहतको भएका कारण महानगरको यसअघिको नेतृत्वले मर्मत सम्भार गर्न सकिरहेको थिएन ।

 

तर मेयरमा निर्वाचित भए लगत्तै विजय जुलुशमा सिंहले थपथ लिएको २४ घण्टा भित्रै वीरगन्जवासीले परिवर्तनको अनुभूती गर्न पाउने घोषणा गरेका थिए । त्यहि घोषणा अनुरुप जेठ १२ गते मेयर पदको शपथ लिएकै दिन घण्टाघरको जीर्ण सडकको मर्मतको काम शुरु पनि गरिएको थियो ।

 

तर सडक विभाग मातहतको सडकमा महानगरले क्षेत्राधिकार बाहिर गएर काम शुरु गरेको भन्दै बेनामे उजुरी परे पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम शुरु भएको दुइ दिनमै मर्मतको काम रोक्न महानगरलाइ पत्रचार गरयो । अख्तियारको पत्रले काम रोकिएपछि महानगरले लिखित जवाफ अख्तियारमा पठायो । त्यसपछि गत शुक्रबार देखि पुन सडक मर्मत र कालोपत्रेको काम शुरु भइ आइतबार बिहान सकिएको हो । मेयर सिंहका अनुसार घण्टघार देखि माइस्थान सम्मको १ सय ३३ मिटर सडक , १९ लाख ९८ लाख रुपैयाको लागतमा मर्मत सम्भार गरि कालोपत्रे गरिएको हो ।

मेयर सिंह विभिन्न बाधा अड्चन र अवरोध पन्छ्याएर घण्टघारको सडक कालोपत्रे गरिएको बताउछन् । सडक विभागसंग पहिले नै अनुमति लिएर काम शुरु गरेपनि अख्तियारले पत्र काटेपछि त्यसको जवाफ पठाएर पुन काम शुरु गरिएको र आइतबार काम सकिएको उनी बताउछन् ।

उनी भन्छन्,‘ विधी र कानुनको विरोधी म होइन , तर यदि जनताको हितमा कुनै काम गर्दा कानूनी बाधा अड्चन आउछ भने म त्यसको सामना गर्न तयार छु तर काम भने गराएरै छाड्छु ।

 

लामो समय देखि जीर्ण सडक अहिले कालोपत्रे हुदा नगरवासी पनि मेयर सिंहको काम प्रति खुशी भएका छन् । वीरगन्ज १० का जगरनाथ प्रसाद साह भन्छन् ,‘ मेयर सिंहको जति प्रशंसा गरे पनि कमै हुन्छछ , वीरगन्जले बल्ल काम गर्ने मेयर पाएको जस्तो अनुभूती भइरहेको छ ।

उक्त सडक क्षेत्र पर्ने वीरगन्ज ९ का वडा अध्यक्ष जवाहर साह पनि सडक मर्मत र कालोपत्रेका लागि पहलकदमी लिएका मेयर सिंहको प्रशंसा गर्दै भन्छन्,‘ घण्टघरको जीर्ण सडकले हामीलाइ गिज्याइरहेको थियो , यसअघिको नेतृत्वको इच्छाशक्तिको कमीले रोड अलपत्र परेको थियो , तर अहिलेका मेयर साबको सकृयता र अठोटले अन्तत रोड पिच भएरै छाड्यो ,जनता धेरै खुशी छन् ।

Related posts

वीरगन्जमा करिब २ करोड मूल्यको काजु,ज्वानोसहितको दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

जब सम्म लाइन कट्ने समस्या सामधान हुदैन तब सम्म इन्डक्सन चुल्होकाे प्रयाेग बढाउन सकिँदैन : मेयर सिंह

MadhesKhabar

बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शनको विरोधमा उधोगीहरुको र्यालि

MadhesKhabar

Leave a Comment