
मधेसखबर
वीरगन्ज,१९ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको पर्सा जिल्लाको आन्दोलन परिचालन समितिको संयोजकमा नगिना कुमार यादवलाई मनोनित गगरेको छ ।
राप्रपा पर्साका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले पार्टीका पूर्व केन्द्रिय सदस्य यादवलाई आन्दोलन परिचालन समितिको संयोजकमा मनोनित गरेका हुन् ।
राप्रपाको केन्द्रिय समितिले सरकार विरुद्ध देशव्यापी घोषणा गरेको आन्दोलन, पर्सा जिल्लामा पनि प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि जिल्ला आन्दोलन परिचालन समितिको संयोजकमा यादवलाइ मनोनयन गरिएको पत्रमा उल्लेख गरिएको छ ।
यादवलाइ , जिल्ला कार्य समितिका पदाधिकारीसँगै चार वटै संसदीय निर्वाचिन क्षेत्र र ८ वटै प्रदेश क्षेत्रका प्रदेश अध्यक्ष, महानगर तथा नगर अध्यक्ष लगायत जिल्लाका भातृ संगठनहरुका प्रमुख तथा पार्टीका पूर्व पदाधिकारीलाई समावेश गरेर सात दिन भित्र समितिलाई पूर्णता दिन पनि त्यही पत्र मार्फत निर्देशन दिइएको छ ।

