Madhes Khabar
राजनीति

सोनलले भने :रेष्टुरेन्टमा गरिएको मुख्यमन्त्रीको अवैध नियुक्ती सर्वोच्चले खारेज गरिदिएको छ

वीरगन्ज,२५कात्तिकःमधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले सर्वोच्च अदालतले मधेसका ६४ लाख जनताको जनभावनालाई कदर गरेर न्याय दिएको बताएका छन् ।

मंगलबार सर्वोच्च अदालतले नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ती असंवैधानिक भएको ठहर गर्दै अन्तरिम आदेश जारी गरेपछि जनकपुरस्थित मधेस भवन अगाडि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सोनलले सर्वोच्च अदालतले मधेसका जनताको मनोभावना र चाहनाको सम्मान गरेको बताए ।

सोनलले भने,“सर्वोच्च अदालतको यो आदेशले मधेसका ६४ लाख जनताको मनोभावनालाई कदर गरेको छ। जनताले न्याय पाएका छन्। ६४ लाख मधेसी जनताको जित भएको छ”।

उनले सर्वोच्च अदालतको फैसलाप्रति हार्दिक आभार प्रकट गर्दै न्यायपालिकाले लोकतान्त्रिक मूल्य र संविधानको मर्यादालाई जोगाएको बताए।जंगल र होटलमा गरिएको मुख्यमन्त्रीको अवैध नियुक्ती सर्वोच्चले बर्खास्त गरिदिएको भन्दै उनले मधेसका जनताले न्याय पाएको टिप्पणीपनि गरे ।

 

Related posts

बारामा आएर ओलीले भने : यो म्यादी सरकार हो , आफैं ढल्छ

MadhesKhabar

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको अठोट : जे गर्छु,त्यहि बोल्छु

MadhesKhabar

मधेस सरकारमा कांग्रेसका ४ मन्त्री नियुक्त, पर्साका क्षेत्री बने भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री

MadhesKhabar

Leave a Comment