Madhes Khabar
राजनीति

बारामा आएर ओलीले भने : यो म्यादी सरकार हो , आफैं ढल्छ

मधेसखबर
वीरगन्ज,७ बैशाख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई म्यादी सरकारको संज्ञा दिदै छिट्टै ढल्ने बताएका छन् ।

बिहीबार बाराको पचरौता गाँउपालिकामा आयोजित एमालेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,‘ अहिलेको सरकार म्यादी सरकार हो , यो सरकार आफैं ढल्छ , एमालेले केहि गर्नै पर्दैन ।

पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सकार अब केहि दिनको मात्र पाहुना भएको भन्दै ओलीले भने,‘ तर यो पाहुना धेरै खन्चुवा छ , यस्तो पाहुनालाई अब धेरैदिन पाल्न सकिदैन , यहि १० गते नै विदाई गर्नुपर्छ ।

वर्तमान सरकारले वृद्धभत्ता कटौति गर्न खोजेको आरोप लगाउँदै ओलीले देशका लागि एमालेको सरकार आवश्यक रहेको बताए। एमालेको सरकारले अघि सारेको अधिकांश योजना प्रचण्ड नेतृत्वको सरकारले कटौति गरिरहेको भन्दै ओलीले देश र जनताका लागि एमालेको सरकार आवश्यक रहेको बताए।

गठबन्धन दलहरु बिच बैशाख १० को चुनाव लगत्तै किचलो सुरु हुने र गठबन्धन टुटेर सरकार आफैं ढल्ने उनको जिकिर थियो ।
बारा २ मा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेललाई जिताउन उनले अपिल पनि गरे । उनले भने,‘ एमालेका इमान्दार नेता पुरुषोत्तम पौडेललाई ्पौडेललाइ जिताउनुस् , यस क्षेत्रको विकासको जिम्मा एमालेले लिन्छ , केपी ओलीले लिन्छ ।

नेपाली कांग्रेस प्रति कटाक्ष गर्दै ओलीले भने,‘ विचरा कांग्रेस आफनो उम्मेदवार उठाउने हैसियतमा पनि छैन , कांग्रेस आफैं सिद्धिसक्यो ।त्यसका कारण लोकतन्त्रको लागि लड्दै आएको एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गर्न बारा २ का कांग्रेसी नेता कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।

Related posts

पर्सा–१ मा एमालेको जनलहर बढ्दै गएको देखेर विपक्षीहरु आत्तिन थालि सके : प्रदीप यादव

MadhesKhabar

महाधिवेशनकाे तयारीका लागि पर्सामा जसपाकाे बैठक सम्पन्न

MadhesKhabar

मधेसका प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक ७ दलद्वारा बहिष्कार

MadhesKhabar

Leave a Comment