Madhes Khabar
राजनीति

बारा २ मा उपेन्द्रलाई जिताउन गठबन्धनको चुनावी सभा हुँदै , शीर्ष नेताहरुले सम्बाेधन गर्ने

बारा,५बैशाख: पाँचदलीय गठबन्धनले बारा २ को महागढीमाई नगरपालिका स्थित बरियारपुरमा चुनावी सभा गर्ने भएको छ । गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको उकघ क्षेत्रमा बैशाख ७ गते चुनावी सभा गर्न लागिएको हो ।

चुनावी सभामा प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा ,नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल,लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलगायतका गठबन्धनका दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

Related posts

फुट्यो उपेन्द्र यादवको पार्टी जसपा, प्रदीप यादवसहितका सांसदले गरे विद्रोह

MadhesKhabar

प्रदीप यादव भन्छन् : भाषण होइन काम गर्नु पर्छ जनताले अवश्य जिताउछन्

MadhesKhabar

पार्टी उपमहासचिव एवं मन्त्री यादवविरुद्ध गरिएको दुष्प्रचार प्रति जसपाको आपत्ती

MadhesKhabar

Leave a Comment