Madhes Khabar
अर्थतन्‍त्र

डस्टी कार्गो ढुवानीको समस्या सामधान गर्न उधोगमन्त्री बडुसंग वीरगन्जका उद्योगीहरुको आग्रह

मधेसखबर
वीरगन्ज,१९ असार : वीरगन्जका उद्योगी व्यपारीहरुले संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुलाइ भेटेर डष्टी कार्गो (धुलोजन्य औद्योगिक कच्चा पदार्थ) ढुवानीमा देखिएका समस्या बारे ध्याानार्षण गराएका छन् ।

वीरगन्जबाट काठमाण्डौ पुगेको वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालको नेतृत्वको टोलीले मन्त्री बडुलाइ आइतबार उनकै कार्यकक्षमा भेटेर ध्यानाकर्षण गराएको हो ।

त्यस क्रममा संघका वरिष्ठ उपाध्यक्ष अग्रवालले नेपालका लागि रेलबाट आयात भई रक्सौल रेल्वे स्टेशनमा थुप्रिने डस्टी कार्गो ल्याण्ड कस्टम रक्सौल – मैत्री पुल हुँदै वीरगन्ज आयात हुँदै आएकोमा ल्याण्ड कस्टम रक्सौलले यहि जुलाई १ तारिक देखि ढुवानी रुट परिवर्तन गरेकाले आफुहरु समस्यामा परेको बताए ।

जुलाइ १ तारिख देखि डस्टी कार्गो रेल्वे स्टेशनबाट रक्सौल मुख्य बजार – लक्ष्मीपुर – एकीकृत जाँचचौकी (आइसीपी) हुदै ढुवानी गर्र्नु पर्ने भारत सरकारको निर्णयले नेपाली आयातकर्ताहरु मर्कामा परेको उनले मन्त्री बडु समक्ष जानकारी गराए ।

उनले यो जुलाई महिनाभरका लागि मात्रै भएपनि नेपालका लागि आयात हुने डस्टी कार्गोको ढुवानी यसअघिको रुट हुदै गर्र्न पाए सजह हुने बताए । जुलाइ महिना पछि भने रक्सौल मुख्य बजार – लक्ष्मीपुर – एकीकृत जाँचचौकीकै बाटो प्रयोग गर्नु पर्ने बाध्यात्मक अवस्थालाई सहज गर्न र रेल्वे साइडिङ्गबाट आईसिपीसँगको एप्रोच रोड ४ लेन नहुञ्जेलसम्म ल्याण्ड कस्टम रक्सौल हुँदै मैत्री पुलको बाटो नै प्रयोग गर्न पाउनुपर्ने तर्फ मन्त्री बडुसँग आग्रह उनले गरे ।

यसका साथै वीरगन्जको सुख्खा बन्दरगाहको भौतिक पूर्वाधार तथा संरचनागत विकासलाई प्राथमिकतामा राख्न , भारत सरकारले गहुँको निर्यातमा लगाएको रोक हटाउन , डस्टी कार्गोको व्यवस्थापन एंव भण्डारणको लागि एउटा छुट्टै पोर्ट निर्माण गर्न , सुख्खा बन्दरगाह र आइसीपीको बीचमा रहेको नेपाल सरकारको स्वामित्वमा रहेको ६२ बिघा जमिनलाई डस्टी कार्गोको भण्डारणका लागि प्रयोग गर्न दिन , आइसीपीलाइ अझ व्यवस्थित बनाउन लागतका माग पनि उद्योगमन्त्री बडु समक्ष राखे ।

मन्त्री बडुले वीरगन्जका उद्योगीहरुले दिएको सुझावहरु प्रति आफू गम्भीर रहेको बताए । उनले डस्टी कार्गोको भण्डारण तथा आयात सम्बन्धी समस्यालाई नेपाल तथा भारतका सम्बन्धित निकायहरुसँगको सहकार्यमा समाधान गर्न पहल गर्ने आश्वासन पनि दिएको भेटमा सहभागी वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल जानकारी दिए ।

Related posts

अमलेखगञ्जबाट लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै सुरु हुने

MadhesKhabar

सुनकाे मूल्य फेरि बढ्याे, बनायाे नयाँ रेकर्ड

MadhesKhabar

१० महिनामा वीरगन्ज महानगरले उठायो ३६ करोड ६१ लाख राजश्व

MadhesKhabar

Leave a Comment