Madhes Khabar
शिक्षा

वीरगन्जमा सानो पाइलाको वक्तृत्वकला प्रतियोगिता सम्पन्न , श्रेया श्रेष्ठ प्रथम

मधेसखबर
वीरगन्ज,१७ असार : अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको अवसरमा सानो पाईलाले सन्चालन गरेको सात दिने अभियान अन्तर्गत शुक्रबार वीरगन्जमा अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

 

अभियाानको छैठौँ दिन आयोजित वक्तृत्वकला प्रतियोगितामा गौतम माविको कक्षा १० मा अध्ययनरत छात्रा श्रेया श्रेष्ठ प्रथम भएकी छन् । ‘स्वास्थ्य तथा मानवीय संकटमा लागु औषधको चुनौती सम्बोधन’ विषयक प्रतियोगितामा त्रिजुद्ध महाविर प्रसाद रघुबिर राम प्राविधिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा श्रेया राय दोश्रो र गौतम माविकै कक्षा १० की छात्र समिर चौरसिया तृतिय भएका छन् ।

प्रतियोगितामा वीरगन्जका विभिन्न ९ वटा विद्यालयबाट गरि १७ जना छात्रछात्राले भाग लिएका थिए ।
प्रतियोगितामा सिद्धार्थ कलेजकी प्रबन्ध निर्देशीका डाक्टर सुष्मा तिवारी , कन्या माविकी पूर्व प्रधानाध्यापिका शशीलता गिरी र चिल्ड्रेन वल्र्ड माविकी पूर्व प्रधानाध्यापिका रेणुका गिरीले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा विजयी भएका छात्रछात्राहरुलाई प्रमाण पत्र र ट्रफी प्रदान गरिएको सानो पाईलाका सेवा तथा कार्यक्रम प्रमुख रौनकराज सर्राफले जानकारी दिए ।

Related posts

वीरगन्जको ‘भविष्य मेला’ मा सहभागी विद्यार्थीलाई मोबाइल फोनदेखि स्मार्ट वाचसम्म जित्ने मौका

MadhesKhabar

विदाको निर्णयलाई अवज्ञा गर्ने विधालयलाई कारवाही

MadhesKhabar

मधेसका सरकारी विद्यालयमा विद्यार्थीकाे अनुपातमा शिक्षककाे लागि आन्दोलन गर्ने आजपाकाे घाेषणा

MadhesKhabar

Leave a Comment