
मधेसखबर
वीरगन्ज,१७ असार : अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको अवसरमा सानो पाईलाले सन्चालन गरेको सात दिने अभियान अन्तर्गत शुक्रबार वीरगन्जमा अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
अभियाानको छैठौँ दिन आयोजित वक्तृत्वकला प्रतियोगितामा गौतम माविको कक्षा १० मा अध्ययनरत छात्रा श्रेया श्रेष्ठ प्रथम भएकी छन् । ‘स्वास्थ्य तथा मानवीय संकटमा लागु औषधको चुनौती सम्बोधन’ विषयक प्रतियोगितामा त्रिजुद्ध महाविर प्रसाद रघुबिर राम प्राविधिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा श्रेया राय दोश्रो र गौतम माविकै कक्षा १० की छात्र समिर चौरसिया तृतिय भएका छन् ।
प्रतियोगितामा वीरगन्जका विभिन्न ९ वटा विद्यालयबाट गरि १७ जना छात्रछात्राले भाग लिएका थिए ।
प्रतियोगितामा सिद्धार्थ कलेजकी प्रबन्ध निर्देशीका डाक्टर सुष्मा तिवारी , कन्या माविकी पूर्व प्रधानाध्यापिका शशीलता गिरी र चिल्ड्रेन वल्र्ड माविकी पूर्व प्रधानाध्यापिका रेणुका गिरीले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा विजयी भएका छात्रछात्राहरुलाई प्रमाण पत्र र ट्रफी प्रदान गरिएको सानो पाईलाका सेवा तथा कार्यक्रम प्रमुख रौनकराज सर्राफले जानकारी दिए ।

