Madhes Khabar
राजनीति

जसपाको केन्द्रिय बैठक वीरगन्जमा

फाइल फोटो

मधेसखबर
वीरगन्ज,१६ असार : जनता समाजवादी पार्टी (जसपा) को केन्द्रिय कार्यकारीणी समितिको बैठक वीरगन्जमा बस्ने भएको छ ।
बैठक यहि असार २७ र २८ गते बस्ने जसपा नेपालको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बिहिवार एक प्रेस नोट जारी गर्दै जानकारी गराएका हुन् ।

दुइ दिन सम्म चल्ने बैठकमा पार्टीको अवस्था,संगठन सुदृढिकरण र आगामी प्रदेश र संघीय निर्वाचनको पुर्व तयारीका लागि रणनीति विषयमा छलफल र निर्णय हुने जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।
केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठकमा पार्टीका पदाधिकारी र केन्द्रिय कार्यकारीणी सदस्यहरु सहभागी हुने उनले बताए।

 

 

Related posts

आफ्नो गाँउठाँउकाे विकासका लागि सबै दल एकजुट हुनुपर्छ : मन्त्री गुप्ता

MadhesKhabar

उपेन्द्र यादवको पक्षमा दुइ तिहाइ पुग्यो ,नेताहरु भन्छन् : जसपा अब फुट्दैन

MadhesKhabar

जेनजी आन्दोलनपछि वीरगन्जमा जनमत पार्टीको क्रेज बढ्दै गएको अध्यक्ष सर्राफको दाबी

MadhesKhabar

Leave a Comment