Madhes Khabar
शिक्षा

वडाअध्यक्ष सुशीलको घोषणा :बालबालिकालाइ वर्षभरि नै निशुल्क शैक्षिक सामाग्री उपलब्ध गराउछु

मधेसखबर
वीरगन्ज,१२असार : वीरगन्ज महानगरपालिका वडा नम्बर १० का नवनिर्वाचित वडा अध्यक्ष सुशील साह कानुले आफनो वडामा रहेका सबै सामुदायिक विद्यालयमा विधार्थीलाइ शैक्षिक सामाग्री निशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

वीरगन्ज १० मा रहेको रामचरण साह पन्नालाल माध्यमिक विद्यालयमा आइतबार आयोजित १३ औं वार्षिक पुरस्कार वितरण समारोहमा बोल्दै वडाअध्यक्ष कानुले यस्तो घोषणा गरेका हुन् ।

उनले वडा नम्बर १० मा रहेको रामचरण साह पन्नालाल मावि र बालमन्दिर आधारभूत विधालयमा अध्ययनरत सबै विधार्थीलाइ कापी , शीशाकलम र स्कुल ब्याग वर्षभरि नै वडा कार्यालयबाट उपलब्ध गराउने बताए ।कानुले भने ,‘ भौतिक पुर्वाधारसंगसंगै शिक्षा पनि मेरो मुख्य प्राथमिकतामा छ , वडाका कोहि पनि बालबालिका शिक्षाको ज्योतिबाट बन्चित हुन नपरोस् भन्ने चाहना छ ।

वडाअध्यक्ष कानुले सामुदायिक विधालयमा अधिधकांश गरिबका छोराछोरी पढ्ने भएकाले कापी , कलमको अभावले उनिहरुलाइ शिक्षाबाट बन्चित हुन नदिने प्रतिबद्धता पनि जनाए ।

वीरगन्जका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विधालयको वार्षिक परिक्षामा उत्कृष्ट नीतजा ल्यााउने विधार्थीहरुलाइ पुरस्कार वितरण गरिएको थियो । यस्तै कार्यक्रममा नवनिर्वाचित मेयर सिंहका साथै वडा नम्बर १० का वडाअध्यक्ष कानुका साथै वडा सदस्य सन्तोष जैशी ,प्रभु महत्तो लगायतका जनप्रतिनिधीहरुलाइ विधालयले सम्मानित पनि गरेको थियो ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमाार साहको अध्यक्षतामा भएको कार्यक्रममा विधार्थी , शिक्षक, शिक्षिका , अभिभावक लगायतको पनि सहभागीता रहेको विधालयका प्रधानाध्यापक अरविन्द लालले जानकारी दिए ।

Related posts

ठाकुरराम क्याम्पसमा विद्यार्थी नेताहरुले गरे तालाबन्दी

MadhesKhabar

माध्यमिक शिक्षक युनियन पर्साकाे अध्यक्षमा सन्ताेष सिंह सर्वसम्मत चयन

MadhesKhabar

फेसबुकमा भाइरल बाराका पिडित शिक्षक ब्रम्हदेव पासवानले अन्तत पाए न्याय

MadhesKhabar

Leave a Comment