Madhes Khabar
शिक्षा

पर्साको एक विद्यालयका शिक्षकहरुद्धारा सामुहिक सरुवाको माग

वीरगन्ज,३फागुन : पर्साको एक सामुदायिक विद्यालयका शिक्षकहरुले सामुहिक सरुवाको माग गरेका छन् । जगरनाथपुर गाउँपालिका–३ गढैया स्थित बाबा वैद्यनाथ आधारभूत विद्यालयका शिक्षकहरुले सामुहिक सरुवाको माग गरेका हुन् । गाउँका केहि युवाले मंगलबार बिहान विद्यालयमा आएर अभद्र व्यवहार गरेको भन्दै विद्यालयमा कार्यरत शिक्षकले सामुहिक सरुवाको माग राखेका हुन् ।
विद्यालयमा प्रधानाध्यापक सहित ५ जना शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत छन् । विद्यालयका प्रधानाध्यापक बादशाह साहका अनुसार फागुन २ गते मंगलबार बिहान १० बजे प्राथना गर्ने समयमा आएर गाउँका ७ जना युवाले अभद्र व्यवहार गरेका थिए ।

बली यादव, सुनिल यादव, दिपेश यादव, वशिष्ठ यादव, भूपेन्द्र यादव, नन्की यादव, सुनिल यादवले अभद्र व्यवहार प्रदर्शन गरेको दावी प्रअ साहको छ ।

उनीहरुले कक्षा कोठामा गई छात्र छात्राहरुलाई हातपात, गाली गलौज गरी पाठ्यपुस्तक बाहिर फालेको, शिक्षकले नपढाएको भन्ने आरोप लगाउन दवाव दिँदै, छात्राहरुलाई समेत हात हालेको, मोबाइलमा भिडियो लिई फलामको रड हल्लाउँदै तर्साउँदै शिक्षक कर्मचारीहरुलाई विद्यालयमै विद्यार्थीको सामु गाली गलौज गर्दै दुव्र्यवहार गरेको प्रधाध्यापक साहले जानकारी दिए ।
पटक पटक यस्ता क्रियाकलाप भइरहेको भन्दै प्रधानाध्यापक साहले गाउँपालिका र वडा अध्यक्षलाई सुरक्षा व्यवस्था मिलाउन र सामुहिक सरुवाको माग राखेर पत्राचार समेत गरेका छन् ।

‘विद्यालयमा सार्वजनिक विदाको दिनमा बाहेक एक दिन पनि गयल हुँदैनौं, तैपनि गाली गलौज र दुव्र्यवहार हुन्छ भने हामी किन विद्यालयमा बस्ने ? भनेर सामुहिक सरुवाको माग राखेका हौं’, प्रधानाध्यापक साहले भने, ‘हामीले विद्यालयमा राम्रो गरेन भन्नेहरुलाई राम्रो शिक्षक ल्याउने बाटो पनि खुल्छ ।’

जगरनाथपुर गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष सुवास यादवले विद्यालयमा देखिएको समस्या समाधानका लागि बिहीबार छलफल राखिएको जानकारी दिए । प्रहरी र पालिकालाई समस्याबारे जानकारी भईसकेको समेत उनले बताए ।साभारः अनलाइनखबर

Related posts

गर्मीले विद्यार्थी कक्षाकोठामै मुर्छा पर्न थाले, वीरगन्जका विद्यालयमा विदा दिनु पर्यो :अभिभावक

MadhesKhabar

हर्दियाकाे विधालयमा यादवकाे अध्यक्षतामा व्यवस्थापन समिति गठन

MadhesKhabar

मधेसका सरकारी विद्यालयमा शिक्षकको दरबन्दी थप्न माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

Leave a Comment