
मधेसखबर
वीरगन्ज,१०असार : मधेस प्रदेशका पुर्वमन्त्री जितेन्द्र सोनलले बाराका १२ वटा सामुदायिक विधालयहरुमा १ सय ३१ थन पंखा प्रदान गरेका छन् ।
गर्मीका कारण कक्षाकोठामा विधार्थीहरुलाइ पठनपाठनमा समस्या भएको गुनासो आएपपछि लोसपाका मधेस प्रदेश अध्यक्ष समेत रहेका पुर्वमन्त्री सोनलले फेटा , विश्रामपुर र परवानीपुर गाँउपालिकाका विधालयहरुमा सिलिङ पंखा प्रदान गरेका हुन् ।
बारा क्षेत्र नम्बर ४ को ख का प्रदेशसभा सदस्य समेत रहेका सोनलले आफनो निर्वाचन क्षेत्रका १२ वटा विधालयहरुमा १ सय ३१ थान पंखा प्रदान गरेको उनका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।
सोनलले आफनो संसदीय कोषबाट ५ लाख रुपैयामा पंखा खरिद गरि विधालयहरुलाइ वितरण गरेको सर्राफले बताए ।
पंखा हस्तान्तरण कार्यक्रममा विधालयका प्रधानाध्यापकहरुले चर्को गर्मीको मौसममा पुर्वमन्त्री सोनलले पंखा प्रदान गरेपछि अब बिधार्थीहरुको पठनपाठनमा निकै सहयोग पुग्ने बताए । लोसपाका फेटा गाउपालिकाका अध्यक्ष लोहा यादवको अध्यक्षतामा भएको कार्यक्रममा लोसपा बारा क्षेत्र नम्बर ४ को ख का अध्यक्ष मदन साह कानु,लोसपाका नेताहरु रामसुनर यादव ,वकिल यादव लगायतको उपस्थिति रहेको थियो ।

