Madhes Khabar
शिक्षा

सामाजिक सेवामा सरावगी निरन्तर , सरकारी विधालयलाइ १० थान पंखा सहयोग

मधेसखबर
वीरगन्ज,१०असार : वीरगन्ज महानगरपालिकाको मेयरमा पराजित भएपनि निवर्तमान मेयर विजय कुमार सरावगीले सामाजिक सेवालाइ निरन्तरता दिइरहेका छन् ।

यसै क्रममा सरावगीले आफनो पहलमा वीरगन्ज महानगरपालिका वडा नम्बर ७ स्थित इन्दुलाखे आधारभुत माध्यमिक विद्यालयलाइ १० थान सिलिङ पंखा उपलब्ध गराएका छन् ।

अहिलेको प्रचण्ड गर्मीमा कक्षाकोठामा पंखा नहुदा विधार्थीहरुलाइ पठनपाठनमा समस्या भएको गुनासो आएपछि निवर्तमान मेयर सरावगीको पहलमा समाजसेवी एंव उद्योगी राम सर्राफले विधालयलाइ १० थान पंखा सहयोग गरेका हुन् ।ती पंखाहरु शुक्रबार सरावगीले विधालयमै पुगेर विधालयका प्रधानाध्यापक लालबाबु चौरसीयालाइ हस्तान्तरण गरेको विधालय व्यवस्थापन समितिका सदस्य नरोत्तम पाण्डेले बताए ।

उक्त विधालयमा २ सय २५ जना विधार्थी अध्ययनरत रहेका छन् ।

Related posts

जगरनाथपुरकाे विद्यालयमा ५५० जना विद्यार्थीलाई पाेशाक वितरण

MadhesKhabar

वीरगन्जका विद्यालयहरुमा भोजपुरी प्रतिष्ठानद्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन

MadhesKhabar

बाराका शिक्षा कार्यालय प्रमुख खतिवडालाई जनकारबाही गर्ने आजपाको धम्की

MadhesKhabar

Leave a Comment