Madhes Khabar
शिक्षा

सामाजिक सेवामा सरावगी निरन्तर , सरकारी विधालयलाइ १० थान पंखा सहयोग

मधेसखबर
वीरगन्ज,१०असार : वीरगन्ज महानगरपालिकाको मेयरमा पराजित भएपनि निवर्तमान मेयर विजय कुमार सरावगीले सामाजिक सेवालाइ निरन्तरता दिइरहेका छन् ।

यसै क्रममा सरावगीले आफनो पहलमा वीरगन्ज महानगरपालिका वडा नम्बर ७ स्थित इन्दुलाखे आधारभुत माध्यमिक विद्यालयलाइ १० थान सिलिङ पंखा उपलब्ध गराएका छन् ।

अहिलेको प्रचण्ड गर्मीमा कक्षाकोठामा पंखा नहुदा विधार्थीहरुलाइ पठनपाठनमा समस्या भएको गुनासो आएपछि निवर्तमान मेयर सरावगीको पहलमा समाजसेवी एंव उद्योगी राम सर्राफले विधालयलाइ १० थान पंखा सहयोग गरेका हुन् ।ती पंखाहरु शुक्रबार सरावगीले विधालयमै पुगेर विधालयका प्रधानाध्यापक लालबाबु चौरसीयालाइ हस्तान्तरण गरेको विधालय व्यवस्थापन समितिका सदस्य नरोत्तम पाण्डेले बताए ।

उक्त विधालयमा २ सय २५ जना विधार्थी अध्ययनरत रहेका छन् ।

Related posts

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

अनुशासन र अध्ययनमा अब्बल बन्दै रोयल एकेडेमीका विधार्थीहरु

MadhesKhabar

भारतले दिएको थप ३९ करोडको परियोजनामा पोखरियाको विद्यालयका लागि साढे ११ करोड बजेट

MadhesKhabar

Leave a Comment