
वीरगन्ज, ४ फागुन:अनुशासनमा अब्बल देखीएका वीरगंजको रोयल एकेडेमीका विधार्थीहरुको फरक शैलीको प्रस्तुतीले सबैको मन जित्न सफल भएको कार्यक्रममा उपस्थित सहभागीहरुले बताएका छन् ।
रोयल एकेडेमीको ९ औँ वार्षिकउत्सव कार्यक्रममा साना साना बालबालिकाहरुले समाजमा रहेका व्याप्त कुरीती ,सामाजिक विभेद, द्वन्द ,महिला हत्या ,हिंसा ,वातावरण प्रदुषण तथा जलवायु परिवर्तन, बेरोजगारी ,सामाजिक संजालको दुरुपयोग तथा मोबाईल फोनको अध्याधिक प्रयोगले विगारेको पारीवारीक तथा सामाजिक सद्भाव लगायतका विषयमा सुझाव सहितको प्रस्तुतीले कार्यक्रममा उपस्थित सबैको मन जितेको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद रहबर अंसारीले भने, विधार्थीहरु हरेक तवरबाट आजको युगसंग लड्न सक्ने प्रतीस्पर्धा गर्न सक्ने बनाउन आवश्यक रहेको छ तर यसको मतलब यो होईन की विधार्थीहरुलाई अनुशासनमा बस्न नसिकाउनु । आज यी साना साना बालबालिकाहरुले आफ्नो प्रभावशाली प्रस्तुती मार्फत हामीलाई पाठ सिकाएका छन् ।

उनले थप्दै भने बालबालिकाहरुले समाजका ती गहन र गम्भिर विषय उठान गरेका छन् । जुन विषयमा मानिसहरुले आफ्नो स्वार्थका लागि सोच्न पनि छाडीसकेका छन् । उनीहरुले मलाई र तपाई अभिभावक सबैलाई समाज कुन दिशातर्फ जादैछ भन्ने कुरा झकझक्याएका छन् ।
त्यस्तै वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्णले वीरगंजमा विधालय भरीपुर्ण रहेपनि गुणस्तरीय शिक्षा भनेको शिक्षामा मात्रै विधार्थीहरुलाई घोकाएर अब्बल गराएर होईन की विधार्थीहरुको प्रतीभा प्रस्फुटन हुने खालका गतिविधीहरु गराएर उनीहरुको भविष्यलाई समेत ख्याल गरी उनीहरुको जिवन गुणस्तरीय बनाउन , उनीहरुलाई अनुशासित बनाउन भुमीका खेल्नुपर्नेमा विधालयको ठुलो भुमीका हुनुपर्नेमा जोड दिएका थिए ।
कर्णले रोयल एकेडेमी विधालयका विधार्थीहरुको प्रतीभाशाली रोयल प्रस्तुतीमा उनीहरुले समाजका विसंगती ,समाजका विभिन्न पक्ष जसमा सुधार गर्न पर्ने आवशयतmा छ त्यस्ता विषयवस्तुलाई सहज रुपमा शालिनताका साथ निडर तथा निर्धक्क भएर भएको आजको प्रतस्तुतीले मन प्रफुलित भएको बताए । उनले हरेक विधालयका विधार्थीहरुले यस्ता सकारात्मक परिवर्तनमा जोड दिने खालका अतिरिक्त कृयाकलाप तर्फ विधार्थीहरुलाई उन्मुक गराउनुपर्ने आवश्यक्ता औल्याए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्राले रोयल एकेडेमीका विधार्थीहरुको प्रस्तुतीकरणले विधालय जिवनदेखी विधार्थीलाई किताबी ज्ञान मात्र नभई व्यवहारीक ज्ञानका साथै आफ्नो गाउँठाउँ र संसारमै हुने गरेका सबै घटनाबारे जानकार बनाउनुपर्ने र समयमा त्यस्ता समस्यालाई व्यवस्थापन गर्न के गर्न सकिन्छ भन्ने बारेमा थालिएको यो अभियान सराहनीय रहेको बताए ।

उनले यी बालबालिका उमेरले सानो भएपनि प्रस्तुत गरीएका विषय एकदमै संवेदनशील रहेको र यस्ता विषयमा यी साना बालबालिकाको ठुलो र महत्वपुर्ण प्रस्तुतीकरणप्रती सलाम गर्नुपर्ने बताए ।
कार्यक्रममा उपस्थित अन्य सहभागीहरुले पनि विधालय दोश्रो घर र पहिलो घर आफ्नो परिवारले मिलेर गरीएको ईमानदार प्रयासले मात्रै अनुशासित ,पुर्र्ण र सुन्दर घर र परिवार बन्ने गरेको जस्तै कार्यक्रममा प्रस्तुत सबै विधार्थीहरुको प्रस्तुतीकरणमा उतm कुराको संगम देखीएको बताएका हुन् ।
सानो उमेर देखी नै समाजका हरेक कुरालाई बुझ्दै गएको र त्यही हिसाबले दिएको प्रस्तुतीले विधालयका शिक्षक शिक्षिकाको महत्वपुर्ण भुमिका तथा योगदान देखीएको छ भने विधार्थीहरुका अभिभावकहरुको आफ्ना बालबालिकाप्रती पनि उत्तिकै लगन तथा भुमीका देखीएको हो ।
विधालयका भाईस प्रिन्सिपल सुमन श्रेष्ठको सहजीकरणमा भएको कार्यक्रममा कक्षा १ देखी ८ कक्षासम्मका विधार्थीहरुले कार्यक्रम अवधिभर द भ्वाईस् अफ चेन्ज अभियानका साथ सहजीकरण गर्दै प्रस्तुतीकरण पनि दिएका थिए ।
कार्यक्रममा विधालयकी प्रिन्सिपल सबनम श्रेष्ठ , कार्यकारी निर्देशक ओम श्रेष्ठ , फाउण्डर विजया ओझैया र श्रीदास थारु , पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रा , जनमत पार्टिका वीरगंज नगर अध्यक्ष ओम प्रकाश सरार्फ ,पत्रकार आनन्द पटेल , सुर्य नारायण विक ,माधुरी महतो लगायतको उपस्थिती रहेको थियो ।

