Madhes Khabar
कृषि

सखुवाप्रसौनीका किसानलाइ कृषि सामाग्री र विषादी वितरण

मधेसखबर
वीरगन्ज,१०असार : पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर २ र ५ का किसानहरुलाइ धान ब्लक कार्यक्रम अन्तर्गत अनुदानमा कृषि सामाग्री र विषादी वितरण गरिएको छ ।

साहस साना किसान कृषि सहकारी संस्था लिमिटेडको समन्वयमा कृषि ज्ञान केन्द्र पर्साले किसानहरुलाइ पाल, जाइम , जिन्क , धानबालीमा उम्रने घाँस मार्ने विषादी वितरण गरिएको हो ।

साहस साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नरेश जयसवालका अनुसार , किसानहरुलाइ पाल दुइ सय थान , जाइम २ सय ५७ किलो , जिन्क ५ सय किलो र घाँस मार्ने विषादी ३ सय २५ लिटर वितरण गरिएको हो ।

वडा नम्बर २ मा सखुवाप्रसौनी गाउँपालिकाकी भुतपूर्व उपाध्यक्ष फुलमती देवी थरुनीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका अध्यक्ष जयसवाल, कृषि ज्ञान केन्द्रका प्राविधिक,स्थानीय अगुवा लगायतको पनि सहभागीता रहेको स्थानीय सन्चारकर्मी रामकिशोर चौधरी थारुले जानकारी दिए ।

Related posts

उत्पादनमुखी र व्यवसायिक खेती गर्न किसानहरुलाई राज्यमन्त्री रहबरको सुझाव

MadhesKhabar

वीरगन्ज चिनि मिल चलाउने याेजना नयाँ बजेटमा समावेश गर्न सांसद यादवकाे माग

MadhesKhabar

किसानले धान बेच्न नल्याएपछि वीरगन्जको खाद्य व्यवस्था कम्पनीले सहकारीसंग खरिद गर्दै

MadhesKhabar

Leave a Comment