वीरगन्ज ,१३असार: मधेस प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले मधेसमा शिक्षा र कृषि क्षेत्रलाई उत्पादन मुखी बनाउनु पर्ने बताएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नंवर २७ उदयपुरघुर्मीमा निर्माण सम्पन्न भएको डिप बोरिङको उद्घाटन गर्दै राज्यमन्त्री अन्सारीले कृषिमा आधुनिकरण र उत्पादनमा जोड दिनुपर्ने बताए ।
राज्यमन्त्री अन्सारीले किसानले खेतीलाई निर्वाहमुखी मात्र बनाएको भनणदै अब यसलाई छोटो अवधिमै धेरै उत्पादन हुने जातका बीउको प्रयोगगरी व्यवसायीक कृषि खेतीमा लाग्न कृषकहरुलाई सुझाव दिए । उनले वडा नंबर २७ मै अर्को डिप बोरिङ पनि जडानको लागि पहल गर्ने मन्त्री अंसारीले आश्वासन दिए ।
उले शिक्षामा गुणस्तरीय विद्यार्थीको उत्पादन र कृषिमा व्यवसायीक खेतीबाट उत्पादन बृद्धि गर्ने कुरा नै अहिलेको लागि आवश्यकता रहेको बताए।
त्यसअवसरमा वडा अध्यक्ष ह्दयनारायण प्रसाद कुर्मीले समयमा सिंचाई सुविधा नहुदा अप्ठारोमा परेका कृषकलाई सहयोग गर्ने उदेश्यले उदयपुरघुर्मीमा डिप बोरिङ जडानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा राज्यमन्त्री अन्सारीलाई धन्यवाद दिए ।
संघीय सरकारको करिव ८० लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त डिप बोरिङले त्यस क्षेत्रका करिव ७० विगाहा जग्गामा सिंचाई सुविधा पुग्ने बोरिङ निर्माण उपभोक्ता समितिका अध्यक्ष मख्खु मियाँ अन्सारीले बताए।

