Madhes Khabar
स्थानिय

वीरगन्जका मेयर सिंहलाइ भाजपा सांसद जयसवालको बधाइ

मधेसखबर
वीरगन्ज,०९असार : वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाइ भारतको सत्तारुढ दल भारतीय जनता पार्टील(भाजपा) का बिहार प्रदेश अध्यक्ष डाक्टर सन्जय जयसवालले बधाइ दिएका छन् ।

बिहारको बेतिया क्षेत्रका सांसद समेत रहेका जयसवालले महानगरपालिकाको कार्यालयमै पुगेर मेयर सिंहलाइ सम्मानित गर्दै बधाइ दिनुका साथै सफल कार्यकालको शुभकामना पनि दिए ।

मेयर सिंहले पनि भाजपाका सांसद जयसवाललाइ रुद्राक्षको माला लगाएर स्वागत गर्दै धन्यवाद दिए ।त्यस अवसरमा वरिष्ठ पत्रकार चन्द्रकिशोर , वीरगन्जका उद्योगपति अशोक बैद्य लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

पर्साको बढनिहारमा तास खेल्दै गरेको अवस्थामा शिक्षक र पूर्व वडाध्यक्ष सहित १० पक्राउ

MadhesKhabar

पर्सामा सशस्त्र प्रहरीका एसपी थपलियाकाे हार्ट अट्याकबाट मृत्यु

MadhesKhabar

“मेरो पिडाभन्दा जनताको पिडा ठुलो”— काँग्रेस नेता अजय चौरसिया

MadhesKhabar

Leave a Comment