वीरगन्ज ,२भदाैं,पर्सामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाकाे निधन भएकाे छ ।
वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ४४ वर्षिय सुमन थपलियाको शनिबार निधन भएको हाे ।
वीरगन्जस्थित बयाेधा मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिवार दिउँसो १ बजेतिर उनकाे निधन भएकाे सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए।
उनकाे हृदयाघात (हार्ट अट्याक) बाट मृत्यु भएको अस्पतालले जनाएको छ ।
शनिबार बिहान ११ बजेतिर गण परिसरमै रहेकाे आवासमा रहेका बेला थपलिया अचानक अचेत भएर लडेका थिए ।लगत्तै उनलाई उपचारका लागि बयाेधा मेडिसिटी अस्पतालमा लगिएको थियाे ।
नुवाकोटका स्थायीवासी रहेका थपलियाकाे काठमाडौंमा पनि घर छ

